सामाजिक कार्यमा आफ्नो छुट्टै पहिचान बनाउँदै गृहिणी सेवा सहकारी

0 Shares

काठमाडौंको भृकुटीनगरमा रहेको महिलाहरु द्धारा संचालित हुँदै आईरहेको गृहिण सेवा बचत तथा ऋण सहकारी संस्था लि. विक्रम संम्वत २०६२ सालमा गृहिणी सेवा समाजका नामले १२ जनाको रु.१०० का दरले संकलन गर्ने समूहको रुपमा गठन भई वि.सं. २०६६ सालमा ६१ जनाको समूह गठन भई विधिवत रुपमा रुपमा सहकारी विभागमा दर्ता गरेर गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना गरी कारोबार संचालन गरिएको थियो
त्यसैगरी हालका दिनमा आएर संस्थाले करिव ८०० जना शेयर सदस्यहरु वीचमा करोडौको कारोबार गर्न सफल भैसकेको छ । सामाजिक रुपान्तरणमा महिलाहरुको अहम भूमिका हूने कुरालाई आत्म साथ गर्दै महिला मात्र सदस्यहरु रहेको यो संस्थाले महिलाहरुको आर्थिक, सामाजिक रुपान्तणको निम्ति विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु विशेष प्राथमिकता दिँदै आईरहेको छ ।

संस्थाले यहि मिति २०७९ फागुन ०६ र ०७ गते सदस्य क्षमता तालिम होटल मिरावेल धुलिखेलमा सम्पन्न गरेको छ ।
नेफ्स्कुन प्रशिक्षक गोपाल ध्वज श्रेष्ठले तालिमको प्रशिक्षण दिनुभएको हो ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाकी . अध्यक्ष, शोभा भट्ट गौतम रहेकी थिईन्
कार्यक्रमको उद्घाटन नेफ्स्कुन का अध्यक्ष परितोष पौडेलले गरेका थिए ।
उक्त तालिममा १९ जनाको सहभागिता रहेको थियो ।
संस्थाको १३औं साधारण सभाद्धारा नव निर्वाचित संचालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, ऋण मूल्याकंन उपसमिति, अतिरिक्त कृयाकलाप उपसमिति तथा महिला तथा कानून सशक्तिकरण अभियान उपसमिति, कर्मचारीहरु गरेर जम्मा १९ जनाको सहभागिता रहेको थियो ।
नव निर्वाचित समिति को नेतृत्व विकास तथा सहकारी सम्बन्धी आधारभुत तालिम बाट संस्था थप मजबुत बनाउनको लागि सो तालिमको आयोजना गरिएको संस्थाकी व्यवस्थापक…… को भनाई छ ।

त्यसैगरी संस्थाले अर्को स्तन क्यान्सर परिक्षण कार्यक्रम पनि गरेको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं. १३ भृकुटीनगर, पुरानो नैकापमा मिति ः २०७९ फागुन २४ गतेका दिने सो कार्यक्रम गरेको हो ।

सो कार्यक्रमको उद्घाटनः चन्द«ागिरि नगरपालिका को १३ नंं. वडा कार्यालयका
अध्यक्ष कृष्ण खत्रिले गरेका थिए । २७० जना सहभागी रहेको कार्यक्रममा
स्वस्थ्य परिक्षणमा सहभागी डा. हरु भक्तपुर क्यान्सर अस्पताल ः डा. ठाकुर कोईरा डा. उत्सवमान अम्बिका हमाल, सिनियर ओ.पि.डी.असिस्टेन्ट बीर अस्पताल ः डा.सुरवी अग्रवाल डा.निलिजा शाक्य रहनु भएको थियो ।

Leave a Reply