शेयर सदस्य माझ स्वस्तिक
सर्लाहीको ईश्वरपुर न.पा. ६, वयलवास वजारमा रहेको स्वस्तिक वचत तथा ऋण सहकारी संस्थाले चैत्र १८ शनिवार आफ्ना शेयर सदस्यसंग वृहत्तर अन्तरक्रिया कार्यक्रम गरेको छ । वर्तमान अवस्थामा सहकारी संघ संस्थामा देखिएको तरलता समेतका समस्या र सो को समाधानका विषयमा संस्थाका अध्यक्ष वेनी वहादुर कार्कीको अध्यक्षतामा तथा जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीकी नवनिर्वाचित अध्यक्ष मन्दिरा आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । संस्थाका उपाध्यक्ष वाल्मीकि सिंहद्वारा स्वागत गरिएको कार्यक्रममा संस्थाका व्यवस्थापक विनोद कुमार थापाले पल्स सुचकांक सहित समग्रमा संस्थाको हाल सम्मको हरहिसाव सहितको विवरण पावर पोईन्टको स्लाईड मार्फत पेश गर्दै संस्था सामुदाय संग नै जोडियर नीति, विधि र प्रविधिमा रहेर चलेकाले स्वस्तिकमा कहिल्यै पनि समस्या नहुने भएकाले एकल व्यक्तिको निर्णयमा चलेका सहकारीहरु संग तुलना नगरी ढुक्क भएर आफ्नो सवै प्रकारको कारोवार गर्न अनुरोध गर्नु भएको थियो ।
नेफस्कुन फिल्ड कार्यालय हरिवनका प्रमुख महेश वरालले स्वस्तिक प्रावेशन व्राण्डिङमा रहेकाले हरेक तीन महिनामा नेफस्कुनका कार्यक्रम अधिकृत आएर संस्थाको हरिहिसाव जाँच गरि प्रतिवेदन दिने भएकाले हावा हुरीमा साना तीना गमला ढलेपनि रुख जरा गाडेर वसेकाले नढले जस्तै स्वस्तिक पनि यहाँको समुदायको मन जितेर कारोवार गरि रहेकाले अन्य संस्था जस्तो यहाँ हाल सम्म कुनै समस्या नभएको र यसरी नै संस्था नीति अनुसार चलि नै रहन्छ, भविष्यमा साना तिना तरलताको समस्या आई परेपनि नेफस्कुनले हरेक किसिमले स्वस्तिकलाई सहयोग गर्छ भन्दै वरालले शेयर सदस्यहरुलाई निश्चिन्त भएर कारोवार गर्न सुझाए । यस्तै कार्यक्रमकि प्रमुख अतिथि आचार्यले स्वस्तिक मधेश प्रदेश कै उत्कृष्ट संस्था भएकाले विना हिच्किचाहट कारोवार गर्न आग्रह गरिन ।
अत्तरक्रिया कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष कार्कीले शेयर सदस्यको अपार मायाका कारण संस्थामा भएको आगलागिको घटना, सशस्त्र द्वन्दकालको समय, जनआन्दोलन वा मधेश आन्दोल र नेपाल सरकार तथा स्थानिय सरकारले लगाएको लकडाउनका समय जस्तोसुकै परिस्थितिमा निर्वाध रुपमा संचालनमा रहेकाले भविष्यमा देशमा जस्तोसुकै समस्या आई परेपनि सदस्यहरुको माया पाईरहने हो भने निर्वाध रुपमा संचालन हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले स्वस्तिक नीति, विधि र प्रविधिलाई अंगालेर हिडेकाले याँहा व्यक्ति फेरियर केही असर नपर्ने भएकाले शेयर सदस्यहरुलाई यसरी नै स्वस्तिकमा सवै प्रकारका आर्थिक कारोवार गरिरहन आग्रह गर्नु भयो ।
संस्थाका सचिव वेचुप्रसाद तिमलसिना, कोषाध्यक्ष विष्णुहरि मैनालीले मन्तव्य राख्नुभएको अन्तरक्रिया कार्यक्रममा उपस्थित शेयर सदस्यहरुले शनिवारको कार्यक्रमवाट धेरै कुरामा प्रष्ट हुने अवसर मिलेको भन्दै अझ ढुक्क भएर कारोवार गर्ने वताएका छन ।

