शिखरापुर सहकारीले जारी ग-यो आफ्ना सदस्यहरुलाई उपलब्धीमुलक जानकारी सहितको विज्ञप्ति
काठमाडौं दक्षिणकाली नपा वडा नं ७ मा रहेको शिखरापुर बचत तथा ऋण सहकारी संस्था लि. ले ग-यो सहकारी संस्थाहरुमा सदस्यहरुको बचतको सुरक्षा, जोखिम व्यवस्थापन, सहकारी संस्थामा बचत गर्नुको फाइदा बैंक र सहकारी संस्थामा देखिने भिन्नता लगायतका विविध विषयलाई समेटेर पुर्ण पाठ सहित विज्ञप्ति प्रकाशित गरी सदस्यहरुलाई जानकारी गराएको छ
यस्तो रहेको छ सोहि संस्थाका अध्यक्ष प्रल्हाद बस्नेतले निकालेको पूर्ण पाठ सहितको अपिल
आदरणीय शेयर सदस्यज्यूहरु आजकल सहकारी संस्थाहरुको कारोबारमा धेरै टिका टिप्पणीहरु हुँदै आएका छन् । यसका प्रमुख कारण हामी शेयर सदस्यहरुमा संस्थाको गतिविधि र सकारात्मक कुराहरुको जानकारी सदस्यज्युहरुमा गराउन नसक्नु नै प्रमुख कारण हो ।
हामीले कोरोना कोभिड १९को सामाना पछि सम्पूर्ण सहकारी जगतमा आर्थिक मन्दीले छाएको कुरा सदस्यहरुमा सर्वविदितै छ । नेपाल अधिराज्यका ठूला कहलिएका सहकारीहरुमा त झनै सदस्यहरुको पैसा सहित फिर्ता दिन नसक्ने अवस्थामा पुगे । यस्तो अवस्थामा नेपाल सरकारले सहकारी क्षेत्रलाई बचाउन पहल गर्नुको सट्टा कानुनी कारबाहीको प्रक्रिया मात्र अगाडि बढाएर कयौ सहकारीकर्मीहरुलाई राज्यले सुकुमबासीमै परिणत गर्दियो । तर राज्यले आफुले लिने सहकारी संस्थाहरुले तिरेका करहरुको मूल्यांकन र लेखाजोखा कहिल्यै गरेन । र सहकारी सस्थाहरुलाई आपतकालिन पर्दा राहत दिनुपर्ने निकाय विद्यान, ऐन कानुन र नियम मात्र बनाएर बस्यो, नेपाल अधिराज्यभरका ३०८७९ वटा सहकारी संस्थाहरुले एक बर्षमा न्युनतम बार्षिक रु ६९५,२४,०६८५० छ अर्ब पञ्चानब्बे करोड चौबिस लाख ६ हजार आठ सय पचास रुपैया राज्यलाई कर तिर्छन तर राज्यले संरक्षण दिनुको साटो सहकारी संचालकहरुलाइै जेल कोच्ने काम हुन्छ यहाँ राज्य र सरकार कहाँ छ ? त्यस्तै हामी सहकारी संस्थाका शेयर धनी सदस्यहरु पनि नहेरी नबुझी सहकारी संस्थाहरुलाई आलोचना नगरुँ । सहकारी तपाई हाम्रो यो आफैनै घर हो । बसेर छलफल गर्न सकिन्छ । २ दुई दिन बैंकले ब्याज बढाउँदैमा बैंक पनि सुरक्षित हुँदैन । अहिल्े सहकारी संस्थामा विश्वासै नगरी तपाईहरुले बैकमा मात्र पैसा जम्मा गर्नु भएको छ । भने त्यो पनि हजुरको ठूलो भुल हुनेछ । यदि बैंकमा सहकारीमा जस्तै रकम अभाव भएर बैंक भागे भने तपाईलाई लाग्ला सरकारले तिरी दिनेछ । यहाँ सरकारले गर्नेवाला केहि पनि छैन । यसको विषयमा मैले सदस्यहरुलाई भनी सकेको छु ६ अर्ब पन्चानब्बे करोड रुपैया सहकारीहरुले सरकारलाई कर तिर्दा त संकटमा परेको बेला उदार गर्दैन भने तपाईको रुपैया पैसाको ग्यारेन्टी सरकारले लिन्छ होला ? त्यसैले हामी सहकारी संस्थाका प्रत्येक शेयर सदस्यहरुले अब सोच्ने बेला आएको छ । हामी हाम्रै सहकारी क्षेत्रमा सुरक्षा खोज बढि भन्दा बढि सहकारी संस्थामा नै बचत गरौ ब्याजको लोभमा र बैंकमा धेरै सुरक्षा हुन्छ भन्ने भरोसामा सहकारीहरुको महत्वलाई नबिर्सौ सहकारीले दिएका फाईदाहरु र बैंकहरुले तपाईहरुबाट लिएका फाईदाहरुको आज मूल्यांकन गर्नुस । हामीले गरेको मूल्यांकन यस्तो छ तपसिल हेर्नुहोस
सहकारीहरुले शेयर सदस्यहरुलाई दिएका फाइदाहरु
सहकारी संस्थाले तपाई शेयर धनी सदस्यहरुलाई शेयर लगानी गरेको लाभांश दिन्छ
बैंकले तपाईको कारोबारी खाता मात्र खोलीदिन्छ ।
सहकारी संस्थाले तपाई बचत गरेको आधारमा पनि कर्जा दिन्छ ।
बैंकले बिना धितो कसैलाई कर्जा दिँदैन
सहकारी संस्था सदस्यको सधैका लागि आपत विपतको साथ बन्दछ ।
बैंक आफुले कारोबार गरुन्जेलको मात्र साथी बन्न सक्छ ।
सहकारीले नाफाकै आधारमा आफ्ना सदस्यहरुलाई सहकारीले बोनस पनि वितरण गर्छ ।
बैंकले आफ्ना लगानीकर्ता बिच नाफा बाड्ने काम गर्छ ।
सहकारीहरुले आफ्ना सदस्य सँग लिएको जतिपनि शुल्कहरु नाफा मार्फत सदस्यहरुलाई फिर्ता गर्छ ।
बैंकले आफ्ना लगानीकर्ता बिच नाफा बाड्ने काम गर्छ ।
सहकारी संस्थाले आफ्नो बिमा कोषबाट सदस्यको सेवा गरिरहेको हुन्छ ।
बैंकले सेवा दिए बापतको शुल्क लिई रहेको हुन्छ । जस्तै एउटा बैंकबाट अर्को बैंकमा जम्मा गर्दा शुल्क लिने गर्दछ ।
सहकारी संस्थामा सुचनाको हक हुन्छ । तपाई आफ्नो संस्थामा नै गएर सबै कुरा बुझ्न पाउनुहुन्छ ।
बैंकले सुचना दिएको मोबाइल बैंक प्रयोग गरेको नाममा सहित सदस्यको खाताबाट पैसा लिन्छ ।
सहकारी सस्थामा बैंकको भन्दा बचत मा ब्याज बढि पाईन्छ ।
तर त्यो ब्याज निर्धारण गर्ने अधिकार सदस्य स्वयंम लाई हुन्छ ।
बैंकमा केन्द्रले गरेको व्याज निर्धारणमा चल्नुपर्ने हुन्छ । बैंकको ब्याज आफ्नो बैकको फाइदालाई हेरेर गर्ने गरिन्छ ।
सहकारी संस्थामा बैंकको भन्दा बचतमा ब्याज बढि पाइन्छ । तर त्यो ब्याज निर्धारण गर्ने अधिकार सदस्य स्वंमलाई हुन्छ ।
सहकारी संस्थाले ऋण दिँदा पनि कर्जाको व्याजदर निर्धारण गरी सदस्यहरुलाई साधारण सभाबाट अनुमोदन गराई लिने ब्याज तोकिन्छ ।
बैंकको कर्जाको ब्याजदर केन्द्रिय बैंकले तोके बमोजिम र अनिश्चित रुपमा कर्जाको ब्याजहरु घटबढ हुने गर्दछ ।
बैंकहरुमा कागज पत्र तथा योजनाहरुको थुप्रो तयार गर्दा गर्दै पनि धितो मूल्यांकनको ३० प्रतिशत मात्र कर्जा लगानी गर्छ ।
अन्त्यमा
अब सर्वसाधारणले यो बुझ्नु पर्छ की बैंक भन्दा सहकारी ठिक हो सहकारी संस्थाबाटै सम्पूर्ण आर्थिक कारोबार गर्दा उचित हुन्छ । हाम्रो राज्यको सरकारलाई पनि सहकारी संस्थाहरुको संरक्षण गर्न हामी सबैले अनुरोध गर्नु जरुरी छ । त्यसैले सबै सहकारी शेयर धनी सदस्यज्यूहरुमा श्री शिखरापुर बचत तथा ऋण सहकारी संस्थाको यो अपिल छ कि संचालक व्यक्ति जो कोहि भए पनि तपाई यो संस्थाको शेयरधनी सदस्य हुनु हुन्छ । नियमित बचत गर्नु तपाई हामी सबैको कर्तव्य हो ।
