सर्लाहीको लालबन्दीमा रहेको सहकारीका संचालकहरुको लागि क्षमता अभिवृद्धि तालिम संचालन
सर्लाहीको लालवन्दीमा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तथा कोपोमिस प्रविष्टी सम्वन्धी तीन दिने तालिमको आयोजना गरिएको छ । जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीको आयोजना तथा लालवन्दी न.पा.को आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो । २०८० असार ११,१२ र १३ गते सम्म सन्चालन हुने तालिम हिजो ११ गते देखि लालवन्दीको युनाईटेड होटलमा शुरुभएको छ । तालिमको उदघाटन गर्दै लालवन्दी न.पा.का नगर प्रमुख वाशुदेव अधिकारीले सहकारीहरु जसरी गाउँ गाउँमा पुगी सदस्यको मन जिति सदस्यलाई उत्पादन संग जोडनु पर्ने हो, सो नभएर लालवन्दीमा न.पा.का सहकारीहरु वजार केन्द्रित भएकाले तालिम पश्चात सहकारीहरु गाउँ गाउँ पुगि सदस्य संग जोडिने विश्वास व्यक्त गर्नु भयो । नगरप्रमुख अधिकारीले आफू पनि सहकारी कर्मी भएकाले सहकारीका संचालक समितिको क्षमता अभिवृद्धी गर्नु पर्ने आफूले वुझेकाले नगरको वार्षिक वजेट मा नै सहकारीका लागि वजेटको व्यवस्थापन गरेको वताउनु भयो ।
उदघाटन सत्रमा आफ्नो विचार राख्दै जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीका निवर्तमान अध्यक्ष वावुराम घिमिरेले स्थानिय निकायमा आएका सहकारीहरुको पालिकाले अनुगमन नगर्दा नै व्यक्तिवादी हावी भई सहकारीहरुमा आज समस्या देखिएकाले पालिकाले सहकारी विभागमा सहकारी वुझेका कर्मचारी राखि निरन्तर सहकारीको अनुगमन गर्न सुझाउनु भयो । यसरी अनुगमन गरि सदस्यको धन सुरक्षित गर्न सकेको खण्डमा नगरप्रमुखलाई नगरका जनताले अझ वेसी माया गर्ने भएकाले यस्ता प्रशिक्षणका कार्यक्रमहरु वर्षेनि नगरको वजेटमा व्यवस्थापन गर्दै जान नगरप्रमुखलाई अनुरोध गर्नु भयो ।
यस्तै उद्टन सत्रमा नेफस्कून म्यानेजर्श क्लव मधेश प्रदशेका संयोजक विनोद कुमार थापाले सहकारीका सन्चालहरुले सहकारी मेरो नभै हाम्रो हो भनि समुदायमा सहकारीलाई भिजाउन सक्नु भएन भने सहकारीका संचालक कुनै न कुनै दिन भाग्न पर्ने वा घरघडेरी वेची सदस्यका वचत फिर्ता गर्नु पर्ने भएकाले यो तालिम पश्चात सहकारीका संचालकहरु खरिएर निरन्तर सदस्यको सेवामा लाग्नु विश्वास व्यक्त गर्नुभयो । उदघाटन सत्रको समापन गर्दै जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाही कि अध्यक्षले सहकारीहरुको सन्चालक क्षमता अविवृद्धी गर्नका निमित्त वजेट व्यवस्थापन गरेकाले नगर प्रमुखलाई धन्यवाद दिदैँ राज्यले सहकारी क्षेत्रलाई संरक्षण गर्दै सदस्यको वचत सुरक्षित गर्नका लागि ऋण असुली कार्यमा समेत सहयोग पु¥याउनु पर्ने वताउनु भयो । सदस्यले लिएको ऋण समयमा नतिर्दा नै सदस्यको वचत फिर्ता गर्न नसकि सहकारीमा समस्या सृजना भएकाले सहकारीको ऋण नतिर्ने सदस्यलाई नगरवाट उपलव्ध हुने सुविधा रोकेर भए पनि ऋण उठाउन पालिकाले सहयोग गरेको खण्डमा सहकारी क्षेत्रलाई धेरै राहत हुने वताउनु भयो ।
लालवन्दी नगरपालिका आर्थिक सहयोग गरेको तालिमको दोश्रो दिन असार १२ गते नेफस्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सहकारीका संचालकहरु स्वयंम सेवी भएकाले निरन्तर सदस्य संग समन्वय गरि संस्था संचालन गरेमा संस्थामा कुनै समस्या नआउने भएकाले सहकारीका संचालकले लोभलालच नगरि संस्था संचालन गर्नुपर्ने वताउनु भयो । नेफस्कून की संचालक गोमा नेपालले संचालकहरुको क्षमता अभिवृद्धी र लालवन्दी न.पा.का कर्मचारी सुदर्शन श्रेष्ठले कोपोमिस सम्वन्धी सहजिकरण गर्नु भएको तालिममा लालवन्दी नगर भरिका ३० जना सहकारीका संचालकहरु सहभागि हुनुहुन्छ ।
