सगुन सहकारी २४ बर्षमा प्रवेशको अवसरमा विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी सामान वितरण

0 Shares

 

सर्लाही जिल्लाको हरिवन नपामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. २४ औं बर्षमा प्रवेश गरेको छ ।
मधेश प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा स्थापित हुँदै आईरहेको सो संस्थाले सदस्यहरुको आर्थिक जिवनमा परिवर्तन ल्याउनुका साथै सदस्यहरुलाई विभिन्न जनचेतनामुलक कार्यक्रम आर्थिक, सहयोग, स्वास्थ्य शिविर, सहकारी शिक्षा कार्यक्रम लगायत विभिन्न सामाजिक कार्यक्रमहरु समेत गर्दै आईरहेको छ ।
संस्थाले सर्लाहीको बरहथवा,हरिपुर, मिलनचोक, लालबन्दी लागयतका विभिन्न स्थानहरुमा सेवाकेन्द्र स्थापना गरी वित्तिीय सेवा समेत प्रदान गरीरहेको छ ।

सो २४ औं बार्षिक उत्सवको अवसर पारेर संस्थाले
उद्योग बाणिज्य संघ हरिवनलाई डस्टविन वितरण गर्नुका साथै हरिवन नपा, १ मा रहेको श्री सिद्धेश्वर प्राविका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा स्टेशनरी सामानहरु स्कुलमा अध्ययनरत छात्रछात्राहरुलाई वितरण गरी सहयोग गरेको छ ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक रविन्द्र रानाले गर्नुभएको हो ।

 

Leave a Reply