निरन्तर एकिकरण अभियानमा लागेको वीरेन्द्रनगर सहकारीलाई उत्कृष्ट साकोस एकिकरण पुरस्कार घोषणा

0 Shares

सुर्खेतको एकिकरण अभियानमा लागेको वीरेन्द्रनगर सहकारीलाई उत्कृष्ट साकोस एकिकरण पुरस्कार घोषणा

सुर्खेतको   वीरेन्द्रनगर मा रहेको विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. ले साकोस एकिकरण पुरुस्कार हात पारेको पार्ने भएको छ ।
न्ेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ – नेफ्स्कुनले) आज आफ्नो ३६ औं बार्षिकोवत्सवको अवसर पारेर उक्त साकोस एकिकरण पुरुस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
त्यसैगरी सो संस्थाले ८ वटा सुर्खेतमा रहेका सहकारी संस्थाहरुलाई एकिकरण गरिसकेको छ ।
संस्थाले जनमैत्री बहुउदेश्यीय सहकारी संस्था नववौद्धकि बचत तथा ऋण सहकारी संस्था, आफन्त बचत तथा ऋण सहकरी संस्था, , अभ्युदय ग्रामीण बचत तथा ऋण सहकारी संस्था मालकिा बचत तथा ऋण सहकारी संस्था, र ओयससि बचत तथा ऋण सहकारी संस्थाबीच एककिरण गरेको थियो ।
त्यसैगरीसंस्थाले सुरु गरेको ३ वर्षको अवधमिा ८ बटा संस्थाबीच एककिरण सम्पन्न भईसकेको छ ।
संस्थाले २०७७ बाट एकिकरण भभियान शुरु गरेको संस्थाका व्यवस्थापक छत्र थापाको भनाई छ ।
२२ हजार भन्दा माथि सदस्यहरु आबद्ध गराउन सफल भएको सो संस्थाको असार मसान्तसम्म
जगेडा कोष ४ करोड ९३ लाख २५ हजार, शेयर पुँजी १४ करोड ३२ लाख ६९ हजार, संस्थाले ७२ करोड ६० लाख ७२ हजार कुल बचत, ९५ करोड १७ लाख ३७ हजार ऋण लगानी रहेको उल्लेख गरिएको छ ।

Leave a Reply