सुर्खेतको छिन्चुमा रहेको गंगामाला सहकारी कर्णाली प्रदेशकै उत्कृष्ट संस्था घोषणा

0 Shares

सुर्खेतको छिन्चुमा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको गंगामाल स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. कर्णाली प्रदेश मध्यकै उत्कृष्ट सहकारी संस्था घोषणा गरिएको छ ।
हिजो काठमाडौंमा सम्पन्न भएको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुन
) को ३६ औं बार्षिकोत्सवको अवसरमा उक्त संस्थालाई उत्कृष्ट सहकारी संस्थाको रुपमा घोषणा गरिएको हो ।
सो उत्कृष्ट संस्था घोषणा भएसँगै संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्य, संचालक समिति लेखा सुपरिवेक्षण समिति सल्लाहकार, उपसमिति व्यवस्थापन लगायतहरुलाई संस्था पुरस्कृत भएकोमा बधाई ज्ञापन समेत गरेको छ ।
सहकारी मुल्य मान्यता र सिद्धान्तपालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थाले वित्तीय सेवा मार्फत आफ्ना सदस्यहरुको जीवनस्तर उकास्नमा ठूलो सहयोग पु-याउँदै आईरहेको छ ।

 

Leave a Reply