सहकारी क्षेत्रको महानायकको रुपमा छनोट भए कृष्ण कुमार श्रेष्ठ
हाल काठमाडौंको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि. का कार्यरत कृष्ण कुमार श्रेष्ठलाई देशभरकै सहकारी मध्येको उत्कृष्ट सिईओको रुपमा छनोट गरिएको छ । सहकारी क्षेत्रमा करिब साढे दुई दशक भन्दा बढि अनुभव बटुलिसकेका श्रेष्ठले सहकारी क्षेत्रमा आफुलाई महानायकको स्थान बनाउन सफल भएका छन् ।
सहकारी विषयका विभिन्न कार्यक्रम गोष्ठी शिक्षा संचालन गर्दै आईरहेका श्रेष्ठ सहकारी प्रशिक्षण समेत दिने गरेका छन् ।
त्यसैगरी सहकारी क्षेत्रमा एउटा सिंगो खम्बाको रुपमा उभिन सफल भएका श्रेष्ठलाई हालै काठमाडौंमा सम्पन्न नेपाल बचत तथा ऋण केन्द्र्रिय सहकारी संघ –नेफ्स्कुन आफ्नो ३६ औं बार्षिकोत्सव अवसरमा देशभरकै सहकारी मध्येको उत्कृष्ट सिईओको रुपमा छनोट गरेको हो । यसको सम्मन नेफ्स्कुनले औपचारिक कार्यक्रम गरि वितरण गर्ने जनाएको छ ।
सहकारी क्षेत्रका कुशल मिलनसार सहयोगी स्वभावका श्रेष्ठका सहकारी मिडियाहरुले विभिन्न उत्कृष्ट लेख रचनाहरु प्रकाशित गरिरहेका हुन्छन् ।
