सगुुन सहकारीको २४ औं बार्षिक साधारण सभा सम्पन्न, वित्तीय अवस्थामा सस्था सदाबहार अगाडि

0 Shares

सर्लाहीको हरिवन नपा हरिवन बजारमा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्था सगुन बचत तथा ऋण सहकारीको २४ औ बार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य पूर्व रक्षा मन्त्री माननीय हरि प्रसाद उप्रेतीले गर्नुभएको थियो ।
त्यसैगरी विशिष्ट अतिथिहरुमा मधेश प्रदेश माननीय सांसद जवारलाल कुशवाह हरिवन नपा प्रमुख रमेश उप्रती, उप प्रमुख हरिमाया घलान, पुर्व मधेश प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती, नेफ्स्कुनका संचालक हरेराम पटेल, जिल्ला बचत संघका पूर्व अध्यक्ष बाबुराम घिमिरे, वर्तमान अध्यक्ष मन्दिरा आचार्य रहेका थिए भने अतिथिहरुमा हरिवन सहकारी सञ्जालका संयोजक रामप्रसाद घिमिरmे वडा नं ४ का वडा अध्यक्ष तथा सहकारी विभाग प्रमुख केशव राज थापा लागायतहरुको उपस्थिति रहेको थियो ।
संस्थाले आव २०७९÷०८० मा १ अर्ब ५१ करोड कारोबार गर्दै ४ करोड २६ लाख नाफा गरप् ११.३४ प्रतिशत शेयर लाभांश सहित आव ०८०÷०८१ को बजेट तथा कार्यक्रम पारित गरेको हो ।
सो सभामा संस्थाकी उपाध्यक्ष तारादेवी सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष विनोद कार्कीले वित्तीय विवरण सार्वजनिक र सचिव राजकुमार उप्रेतीले कार्यक्रम संचालन गर्नुभएको हो ।
त्यसैगरी संस्थाले सो अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रादेशिक रक्त संचार भरतपुरको सहयोगमा रक्तदान कार्यक्रममा १०५ प्रिन्ट रगत रंकलन गरेको थियो ।

Leave a Reply