नवोदय सहकारीको १६औं बार्षिक साधारण सभा सम्पन्न, आर्थिक मन्दीमा पनि सस्था प्रगतिपथमा अगाडि
काठमाडौंको कपनबाट आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको नवोदय बहुउदेश्यीय सहकारी संस्था लि को १६ औ बार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।
। यहि मिति २०८० असोज ०६ गते शनिवार एवानपार्टी प्यालेस ,चाबहिलमा सम्पन्न भएको सो साधारण सभाको अध्यक्षता सोहि संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यले गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख आतिथ्यता बागमती प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङले गरेका थिए ।
सो अवसरमा सभामा संस्थाका उपाध्यक्ष बिष्णु भट्टराई ले स्वागत मन्तब्यबाट संस्थाका सदस्य ,अतिथि ,प्रमुख अतिथिलगायतलाई स्वागत गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष आचार्य ले बार्षिक प्रतिबेदन पेश गर्दै संस्थाको आव २०७९÷२०८० भित्र भएका बिबिध पक्ष माथि प्रष्ट पार्दै संस्थाको पुजी बृद्धि लयायत भावी योजनाका बारेमा समेत प्रकाश पार्नु भएको थियो । साधारणसभामा कोषाध्यक्ष नवीनआचार्य ले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखा समिति संयोजक विश्वराज धितालले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभामा लाइफभिजन बचत तथाऋण सहकारी संस्थाका अध्यक्ष छविरमण आचार्य ,उमङ्ग बचत तथाऋण सहकारी संस्थालिका अध्यक्ष सुनीत चालिसे ,ज्ञानप्रकाश एकेडेमीका अध्यक्ष खेमप्रसाद मिश्र ,समाजसेवी राजनैतिकव्यक्तिव हरु शिबहरि सापकोटा ,राजु नेपाल ,गायक सुर्यमणिआचार्य लगायत अन्य विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साधारणसभामा प्रमुख अतिथि प्रदेस सभा सदस्य तामाङले सहकारीका सदस्यहरु क्रियाशील भई सहकारीका बिबिध गातिबिधिमा सहभागी हुदा मात्र सहकारी सहज रुपमा संचालन हुन सक्ने ,नियमित बचत लाई निरन्तरतादिनु पर्ने र सदस्यहरुले आफ्नो कुनै पनि दायित्व समयमा भुक्तानी गर्नु पर्ने लगायतका सुझावहरु दिदै संस्थाको समग्र अवस्थाप्रति सन्तोष ब्यक्तगर्नु भएको थियो ।
साधारण सभाले आव २०७९÷२०८० को करिव १६ करोड ३ लाख बित्तिय अवस्था सहितको प्रतिवेदन ,आय व्यय हिसाव सहितको प्रतिवेदन लगायत अन्य केहि महत्वपुर्ण प्रस्ताव सहितको प्रतिवेदन अनुमोदन गरेको थियो । संस्थाका कार्यकारी प्रमुख शंकर आचार्य ले कार्यक्रम संचालन गर्दै संस्थाका विभिन्न पक्षहरुका बारेमा समेत प्रष्टपार्नु भएको थियो। साधारणसभामा गायक तथा कलाकार सुर्यमणि आचार्यले सहकारी तथा अन्य बिबिध बिषय संग सम्बन्धित गीत प्रस्तुत गरी सदस्यहरुमा मनोरंजन समेत प्रदानगर्नु भएको थियो। साधारणसभामा वाल बचत तर्फ उत्कृष्ट बचत गर्ने सदस्यहरु ,उत्कृष्टकर्जा कारोबार गर्ने सदस्यहरुलाई प्रमुखअतिथिबाट सम्मान समेत गरिएको थियो ।
संस्था ले गत २०८० असार २४ गते बाटआफ्नै भवनबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।