आईडियल सहकारीको २४ औं बार्षिक साधारण सभा सम्पन्न, सदस्य र कर्मचारीलाई गरियो उत्कृष्ट सम्मान

0 Shares

सप्तरीको राजविराजमा रहेको आईडियल सहकारीको २४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाको अवसर पारेर संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने सो सभामा जानकारी गराएको छ ।
सोहि संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष वजियानन्द झाले कोषाध्यक्षको प्रतविेदन, सचवि शैलेश कुमार चौधरीले सचविको प्रतविेदन र लेखा तथा सुपरीवेक्षण समतिकिा सदस्य डम्बर प्रसाद महतोले लेखा तथा सुपरविेक्षण प्रतविेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी संस्थाले सो अवसरमा नियमति बचत कर्ता मध्येबाट रुद्रनारायण शाह, ऋणी मध्येबाट भूपेन्द्र प्रसाद मण्डललाई दोशल्ला ओडाएर सम्मान गरेको हो ।
संस्थामा निरन्तर १० बर्ष काम गरेका वरष्ठ सहायकद्धय सुजाता देव, सावित्रा परियार, सहायक रघुनन्दन यादवलाई सम्मान गरिएको थियो । सो सम्मान संस्थाका व्यवस्थापक विनोदकुमार साफीद्धारा दोसल्ला ओडाई सम्मान गरिएको हो ।
संस्थाका लेखासुपरिवेक्षण समिति संयोजक दिनेश कुमार शाहले स्वागत गरेका थिए भने कार्यक्रम राजेश झाले गरेका थिए ।
संस्थाले गत आर्थकि बर्ष २०७९र०८० मा ८५ करोड ९० लाख ३८ हजार ७७८ रुपैयाँ नक्षिेप संकलन गरेको छ भने ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ ऋण लगानी गरेको छ । चालु आर्थकि बर्षमा एक अर्ब ३ करोड ८ लाख ४६ हजार ५३३ रुपैयाँ नक्षिेप संकलन गर्ने र ९७ करोड ६४ लाख १५ हजार ८२९ रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य राखेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply