उद्यम विकास सहकारीको अध्यक्षमा सैजु चयन, ११ जन बृद्धाबृद्ध सहितका सदस्यलाई गरियो सम्मान

0 Shares

काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ७ मा रहको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि को १६ औं वार्षिक साधारण सभा मिति २०८० असोज २७ गते शनिवारका दिन पनौती ब्याङक्वेट पनौतीमा भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले गरेका थिए । त्यसै गरी कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष रोशन कुमार श्रेष्ठले गर्नुभएको हो ।
कार्यक्रमको विशिष्ट अतिथिमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी लि. का सहसचिव विकास वादे, पनौती नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष्य दिपक दाहाल, बिन्धवासिनी साकोसका संचालक लोक दर्शन कर्माचार्य, ज्योति मिर्मिर साकोसका कोषाध्यक्ष पूर्णराम तुलाधर, एकीकृत साकोसका सचिव भरत राउल, नव दुर्गा साकोसका संचालक सुनिता के.सी, बागमती प्रोस्कूनबाट प्र.का.अ. केशव प्रसाद दाहाल, निर्वाचन संयोजक महेश्वर जंगम तथा नेपाल पत्रकार महासंघका नि. अध्यक्ष मोतीराम तिमल्सिना लगायत बिभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
कार्यक्रममा एसईई सम्मान ४ जना, शिक्षावृत्ति प्रोत्साहन ११ जनालाई, बृद्ध बृद्धा सम्मान २ जना, असल ऋणी १ जना उत्कृष्ट बचत १ जना, बाल बचत १ जना, र खुत्रुके बचत १ जना र उत्कृष्ट कर्मचारीमा शिल्पा श्रेष्ठलाई सम्मान सहित पुरस्कार विवतरण गरिएको थियो ।
संस्थाको गत आर्थिक बर्षको असार मसान्त सम्मको सदस्य संख्या ४५५०शेयर पँुजि ४६०१३९००, कोष ३७२४२८९६।कर्जा जोखिम व्यवस्था १०९७६५९६,निक्षेप ४७१९३६८१०,ऋण लगानी ४३०६६५८१८ रहेको प्रतिवेदनमा उल्लेख छ
१६ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिमा अध्यक्ष सनिल सुन्दर सैंजु, उपाध्यक्ष सबिता थापा, सचिव बिमल कार्की, कोषाध्यक्ष शिव नारायण घुलु, सदस्यमा बिन्द्रा वि.क, सहकुल बस्नेत, प्रविन कर्माचार्य, द्वारिकानाथ राजभण्डारी र रजना खडका थापा तथा लेखा सुपरिवेक्षण समितिमा लेखा संयोजक सुमित्रा जुगेजु श्रेष्ठ, सदस्यमा ईश्वर बिजुक्छे र राम कृष्ण काफ्ले निर्वाचित हुनु भएको छ ।

Leave a Reply