सिएमसी क्लब पर्साले ग-यो नयाँ संचालक समिति चयन, अध्यक्षमा रविभुषण श्रीवास्तव

0 Shares

पर्सा जिल्ला भरका सहकारी संस्थाहरुको छाता संगठन को अपरेटिभ क्लब सिएमसी पर्साको पाँचौं बार्षिक साधारण सभा यहि मिति २०८० असोज २९ गतेका दिन पर्सामा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले गरेका थिए । कार्यक्रमको अध्यक्षता सो क्लबका अध्यक्ष चन्देश्वर प्रसाद चौरसियाले गर्नुभएको हो ।
सो उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथि समेतरहेका गुरागाईले सहकारी संस्थाहरुमा क्षमता अभिवृद्धि तालिमहरुलाई विशेष प्राथमिकतादिने र संचालक समिति र कर्मचारीहरुको बीचमा समन्वयन हुनु पर्ने बताए ।
त्यसैगरी कार्यक्रमको अतथिहिरुमा
विरगंज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिललाल कर्ण, राष्टिय सहकारी विकास बोर्डका पूर्व संचालक सदस्य शम्भुप्रसाद गुप्ता, नेफ्स्कुन विरगंज शाखाका प्रमुख गौतम शाह राष्टिय सहकारी बैंक विरगंज शाखा प्रमुख संजय कुमार महतो लगायतका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

सो पाँचौ बार्षिक साधारण सभाबाट क्लबले गृह लक्ष्मी बचततथा ऋण सहकारी संस्थाका व्यवस्थापक रविभुषण श्रीवास्तवको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा जय गणेश बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामबाबु चौधरी,महासचिव गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपक कुमार चौधरी,सचिव कोहिनुर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रतिप कुमार लोहार ,कोषाध्यक्ष जन संरक्षण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नरेश चौरसिया एवं सदस्यमा नेपाल सहकारी वित्तीय संस्थाका व्यवस्थापक दिपेन्द्र श्रेष्ठ,ओम शिवशक्तिबचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अरुण कुमार शाह,हिमाल बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक किरण ठाकुर,सनराईज बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपिकाश्रेष्ठ, तथा लेखा समितिसंयोजक आर्शिवाद बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक संतोष लाल कर्ण,तालिम तथा शक्षिा उप समिति संयोजक नेपाल सहकारी वित्तियि संस्थाका व्यवस्थापक दिपेन्द्र श्रेष्ठ नर्विाचति हुनु भएको छ नव निर्वाचित सम्पुर्ण कार्यसमितिलाई संस्थाका संस्थापक अध्यक्ष जिष्णु बरालले सपथ ग्रहण गराउनु भएको थियो ।
कास्की जिल्लामा स्थापना भएको पहिलो को अपरेटिभ म्यानेर्जश क्लब पछि दोस्रो स्थानमा क्लब स्थापना गरी सहकारी संस्थाहरुको वित्तीय अवस्थालाई थप मजबुद बनाउन सफल भएको संस्थापक अध्यक्ष बरालको भनाई छ ।

 

Leave a Reply