वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल कति भाग्यमानी ः बन्न पाए अध्यक्षमा ३ दलको साझा उम्मेदवार
सहकारी अभियान्ता चन्द्र ढकाल कति भाग्यमानी ः बन्न पाए ३ दलको साझा उम्मेदवार
देशभरका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनको भोलि काठमाडौंको प्रज्ञा भवनमा ३२ औं बार्षिक साधारण सभा सम्पन्न हुँँदैछ । उक्त साधारण सभाले नयाँ संचालक कार्यसमित समेत चयन गर्दैछ । सो निर्वाचन वर्तमान अध्यक्ष परितोष पौडेल र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष प्रत्यासितका दाबेदार बनेका छन् वर्तमान अध्यक्ष पौडेल र वरिष्ठ उपाध्यक्ष ढकाल सहकारी क्षेत्रका प्रखर सहकारी अभियान्तकाको रुपमा परिचित छन् ।
अब भोलि हुने निर्वाचन दुवै पक्षको घम्साघम्सी हुँदैछ । वर्तमान अध्यक्ष पौडेल एमाले निकट सहकारीकर्मी हुन् भने ढकाल कांग्रेसी निकटका हुन् । यतिबेला वरिष्ठ उपाध्यक्ष ढकाललाई भाग्यमानी चिठ्ठा समेत परेको छ
किनकि ढकाल ३ दलीय पाटीका साझा उम्मेदवार बनेका छन् । कांग्रेस माओवादी र एकिकृत समाजवादीले उनलाई समर्थन गरेको बताईएको छ । ढकालको जित सुनिश्चित हुने धेरै सहकारीकर्मीले विश्वास समेत गरेका छन् ।