मधेश प्रदेश मध्यकै सहकारीको उत्कृष्ट व्यवस्थापको रुपमा सम्मानित भए रविन्द्र राना
सर्लाहीको हरिवन नपमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापाक रविन्द्र राना सम्मानित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्ूस्कुनको ३२ औं बार्षिक साधारण सभाबाट रानालाई मधेश प्रदेशकै सहकारी मध्येबाट उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित गरेको हो ।
विगत लामो समय देखि सहकारी क्षेत्रमा अनुभव बटुल्दै आएका रानालाई नेफ्स्कुनले आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट व्यवस्थापकको रुपमा घोषणा गरिसकेको थियो हाल आएर सम्मान गरेको हो ।