ललितपुरका अग्रज सहकारी अभियान्ता रामशरण घिमिरे नेफ्स्कुनको संचालक पदमा भिड्दै
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष रामशरण घिमिरे नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुन संचालक सदस्य पदमा उम्मेदवार बनेका छन ् आज हुने निर्वाचनमा घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन । विगत लामो समय देखि सहकारी क्षेत्र प्रवेश गरेका घिमिरे सहकारी क्षेत्र अब्बल सहकारी अभियान्ताको रुपमा परिचित छन् । विशेष गरी ललितपुरका सहकारी संस्थाहरुको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएका घिमिरे चन्द्र ढकाल प्यानलको साझाा उम्मेदवारको रुपमा मैदानमा उत्रिएका छन् ।
