शुभ सन्देश बहुउद्देश्यीय सहकारीको आठौं बार्षिक साधारण सभा सम्पन्न अध्यक्षमा बालगोपाल श्रेष्ठ निर्वाचित

0 Shares

शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा पुष १४ गते शनिबारका दिन मोर्डन पार्टी भेन्यु कलंकीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कुवेर थापाको सभापतित्व एंव कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष राजु कुमार दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो साधारण सभामा संस्थाका अध्यक्ष थापाले ०७९\८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष बालगोपाल श्रेष्ठ तथा लेखा समिति संयोजकको प्रतिवेदन लेखा समिति संयोजक सरोज थापाले गर्नु भएको थियो सो कार्यक्रममा अतिथिहरु राष्ट्रिय सहकारी बैंक चावहिल शाखाका शाखा प्रमुख सुनिल महर्जन ,राष्ट्रिय सहकारी बैंक लि.मुख्य शाखाका वरिष्ठ अधिकृत किशोर श्रेष्ठ,नेको इन्स्योरेन्स लि.कलंकी शाखाका शाखा प्रमुख वेनुप  राज पौडेल,संस्थाका उपाध्यक्ष जगन्नाथ तिवारी,सचिव हरि प्रसाद कोईराला,कोषाध्यक्ष बालगोपाल श्रेष्ठ लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख रुपमा उपस्थिति रहेको थियो संस्थाले आर्थिक वर्षको असार मसान्तसम्मको सदस्य संख्या १,५९५ सेयर पुँजी १ करोड ९६ लाख ३९ हजार जगेडा तथा अन्य कोष ५२ लाख ८८ हजार ९४ रुपैयाँ निक्षेप रकम १० करोड ४८ लाख ७० हजार १७९ रुपैयाँ रहेको छ सभामा प्रमुख अतिथि दाहालले नेपालमा अहिले सहकारीको अवस्था विकाराल भएकाले राजनितिक संरक्षणको कारणले ठुला ठुला सहकारी समस्या रहेकोले त्यसको प्रत्यक्ष असर सानातिना सहकारीहरुलाई परेको जानकारी गर्दै अहिलेको विषम परिस्थितिमा पनि शुभ सन्देश सहकारीको सबै सुचांक र संचालक ब्यवस्थापन टिम राम्रो रहेकोले यस संस्थामा ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो नियमित बचतकर्तामध्येबाट असल बचतकर्ताको रुपमा देवकी खत्री,निरज मानन्धर,निरज श्रेष्ठ, जेष्ठ नागरिक सम्मानबाट आशा माया श्रेष्ठ उत्कृष्ट बचतकर्ता बद्री प्रसाद कुइकेल,उत्कृष्ट कर्मचारी सम्मान मिना थापा लाई प्रदान गरिएको थियो ।

कार्यक्रम सहजीकरण गर्नुभएको व्यवस्थापन तथा कर्मचारी मनिष कुमार झा,दिना राउत,चेतना गौतम,बिशाल श्रेष्ठ,मिना थापा,अनिश कुमार श्रेष्ठ,रोशिका स्याङतान, सुमिना धिताल,कुसुम राई,बिपना ताङनामी,प्रमिला तामाङ,कला कार्की,परिना पाण्डेलाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो कार्यक्रममा सेयर सदस्यहरुलाई लाभांस वितरण समेत गरिएको थियो  ।

उक्त कार्यक्रमको संचालन शैलेन्द्र अधिकारी,तथा स्वागत मन्तब्य संस्थाका सचिव हरि प्रसाद कोइरालाले गर्नुभएको हो सभामा नयाँ संचालक समिति तथा लेखा समिति सदस्यहरुको निर्वाचन निर्विरोध रुपमा निर्वाचित हुनुभएको छ जसमा अध्यक्ष बालगोपाल श्रेष्ठ,उपाध्यक्षमा जगन्नाथ तिवारी,सचिवमा हरि प्रसाद कोईराला,कोषाध्यक्षमा कुवेर थापा,संचालक सदस्यमा राजु कुमार न्यौपाने,राजेश खडगी,विकाश शाही लेखा समिति संयोजक सरोज थापा,यादव आचार्य,राधिका श्रेष्ठलाई निर्वाचन उपसमितिद्वारा शपथ ग्रहण तथा प्रमाणपत्र दिइ सम्मान गरी कार्यक्रम समापन गरिएको हो ।

Leave a Reply