कान्तिपुर सहकारीले सदस्यहरुको सेवामा उत्कृष्टता हाँसिल गरेको छ-अध्यक्ष उप्रेती
पर्साको विरगंजमामा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष सत्यराम शर्मा काफ्लेले गर्नुभएको हो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले अहिले देशमा आर्थिक मन्दीले संस्थाहरुलाई प्रभाव पारिरहेकाले सहकारी संस्थालहरुले वित्तीय कारोबारमा विशेष ध्यान पु¥याउनुपर्ने बताए ।
केहि ठूला सहकारी संस्थाहरुको लापरबाही वित्तीय क्षेत्रमा पु-याएको असरको विषयमा उहाँले चर्चा गर्नुभयो ।
साथै पर्साका धेरै सहकारीहरुको भिडमा कान्तिपुरी सहकारी अग्रगतिमा अगाडि बढिरहेको उनले जनाए ।
त्यसैगरी सो सभामा सहकारी विकास बोर्ड का पुर्व संचालक सदस्य शम्भु गुप्ता ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुन का पुर्व संचालक सदस्य हरेराम पटेल ,को अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष रवभिुषण श्रीवास्तव,को अपरेटभि म्यानेजर्स क्लबका पुर्व अध्यक्ष चन्देश्वर प्रसाद चौरसयिा,बीरगंज महानगरपालकिा सहकारी शाखा प्रमुख सुनिल कर्ण,बिस्को अध्यक्ष डल्लिी बिक्रम कार्की राष्ट्रि सहकारी बैंकका संजय महतो नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुनका बीरगंज प्रमुख गौतम साह,गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उमेश साह लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता उत्कृष्ट कर्मचारी, जेष्ठ नागरिक, बाल बचतकर्ताहरुलाई सम्मान गरेको थियो ।
त्यसैगरी संस्थाका कार्यकारी अधकिृत जिष्णु बरालले संस्थागत विकास संगै संस्थाले गरेको गतिविधि तथा शेयर पुजी १ करोड १६ लाख ५०० बचत तर्फ १८ करोड ४३ लाख,५१ हजार ,बचत संकलन १७ करोड ११ लाख५ हजार ,बचत तर्फ संस्थामा १० करोड ६५ लाख ९४ हजार नक्षिेप गरेको छ भने कर्जा लगानी १४ करोड ४३ लाख८८ हजार र नाफा ३६ लाख ५६ हजार गरेको जानकारी दिनुभयो ।

