श्रीनीधि सहकारीको जगेडा कोष ४ करोड माथि, १ बर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन बनाउने

0 Shares

 

पर्साको वीरगञ्ज–१२ मा रहेको श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष प्रेम चुडामणी बज्रचार्यको अध्यक्षता सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै बैंकका अध्यक्ष उप्रेतीले सहकारीलाई राज्यले समेत चाहिने जति सहयोग नगरेको आरोप लगाउदै
सहकारी बिरुद्ध फैलाइएको भ्रमको पछि न लाग्न आग्रह गरेका थिए ।
सो संस्थाले २०७५ साल देखि नै प्रबिधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा, एस.एम.एस सेवा, एटिएम कार्ड सेवा तथा क्युआर कोड सेवा संचालन गर्दै आईरहेको छ ।
कार्यक्रमका अतिथी तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सहजीकरण उज्जवल घिमिरेले गरेका थिए ।
आ.व २०७९÷०८० को कुल कारोवार ९७ करोड ४३ लाख ७३ हजार ८ सय ४ रुपैया, शेयर पुजी ४ करोड ८३ लाख ८९ हजार ५०० सय र बचत संकलन ६९ करोड, ७४ लाख ७९ हजार ३ सय ९ रुपैया, जगेडा तथा अन्य कोषहरुमा ४ करोड ७ लाख ४५ हजार ६ सय ५६ रुपैया र कर्जा तथा सापटि ६४ करोड ६५ लाख २३ हजार २ सय ५४ रुपैया रहेकोमा खुद नाफा एक करोड ३१ लख ४ हजार ३९१ रुपैया रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले जानकारी गराए ।
त्यसैगरी संस्थाको स्थिर सम्पति वीरगञ्जको आर्दशनगर स्थित भाजुरत्न चौक नजिक रहेको साढे पन्ध्र धुर जग्गा रहेको र सो जग्गामा एक बर्षभित्र भवन निर्माण गर्ने योजना रहेको जानकारी गराईएको छ ।

Leave a Reply