संकल्प सहकारी द्धारा ५३ जना जेष्ठ नागरिक सहित विभिन्न व्यक्तित्वरुलाई सम्मान

0 Shares

संकल्प साकोसले पुष २१ गते आफ्नो १६ औ स्थापना दिवस चन्द्रपुर ४ स्थित अशोका होटलमा सस्थाका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेको प्रमुख आतिथ्यता रौतहट बचत तथा ऋण सहकारी संघकि अध्यक्ष देवकी नेपाल ,संघकै पुर्व अध्यक्ष खडग बहादुर बम्जनको विशिष्ट आतिथ्यता ,नगरपालिका भित्रका विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधि ,पत्रकारहरुको आतिथ्यतामा सम्पन्न भएको छ ।कार्यक्रममा सस्थाले विभिन्न बिधामा सम्मान तथा कदरपत्र प्रदान गरेको छ ।सस्थाले उत्प्रेरक पुरस्कार खड्ग प्रसाद पौडेल ,साकोस समाज सेवा पुरस्कार शैलेस पौडेल ,असल सहकारी अभियन्ता खड्ग बहादुर बम्जन,उत्कृष्ट साकोस पुरस्कार मुना अधिकारी ,उत्कृष्ट सेवा पुरस्कार अमृता आले,उत्कृष्ट उपसमिति प्रोबेसन कार्यदल ,सदस्य समन्वयन पुरस्कार एकनाथ चौलागाईं ,श्याम थापा ,धन कुमारी बडाल,लक्ष्मी थपलिया ,सहकार्य प्रशम्सा पत्र राजेन्द्र कुमार साह त्यस्तै बक्तृत्वकलामा प्रथम,दितिय र तृतीय हुने क्रमश पाथिभरा मा बि का प्रबीज्ञ तिमल्सिना ,बागमती मा बि का सुभद्रा थापा र होलिभिजन एकेडमीका कृतिका बजगाइ त्यस्तै असल करोवारिमा राम प्रवेश दास,शिव शंकर चौलागाईं ,सुनिता चौलागाईं ,झरना ढकाल ,वकिल बहादुर अधिकारी ,खिल प्रसाद फुयाल ,अमृत राज दाहाल ,राजेश चौरसिया,श्याम कुमार यादव त्यस्तै एस इ इ तर्फ रिदम पौडेल ,अनुष्का अर्याल ,गौरव फुयाल ,समिक्षा तिमल्सिना त्यस्तै कक्षा १२ तर्फ नितेश राज तिमल्सिना ,प्रकृति अर्याल एम बि बि एस मा नाम निकाल्न सफल खुशी कुमारि साह त्यस्तै बाल बचत तर्फ सलोन गिरि,सुदिक्षा चौधरी र सस्थाका ५३ जना ७५ बर्ष माथिका शेयर सदस्य ज्यु हरुलाइ सम्मान पत्र ,खादा तथा नगदले सम्मान गरिएको थियो ।कार्यक्रममा सस्थाको बिगत देखि बर्तमान अबस्था ,सहकारीको बिद्यमान अबस्था र नियमक निकायको भूमिकाको सम्बन्धमा अध्यक्ष बिभु पोखरेलले धारणा राख्नु भएको थियोे भने प्रमुख अतिथि नगर प्रमुख काफ्लेले सहकारीमा शुद्धीकरण गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो ।अन्य अतिथिहरुले सस्थाको प्रगती र उन्नती सहितको शुभकामना प्रदान गर्नु भएको थियो ।कार्यक्रमको स्वागत सचिब के बि थापाले गर्नु भएको थियो भने सन्चालन सह सचिब चिरञ्जीवी गौतमले गर्नु भएको थियो ।कार्यक्रममा सस्थाका सन्चालक,लेखा समिति ,सल्लाहकार ,उपसमिति ,कर्मचारी लगायत ५०० शेयर सदस्य भन्दा बढीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply