सहकारी संस्थाहरुलाई बचाउन सदस्यहरुको ठूलो हात छ ः नेफ्स्कुन अध्यक्ष ढकाल

0 Shares

काठमाडौंको किर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका नेफ्स्कुन का अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका दर्शन दर्शनधारीले गरेका थिए ।
सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दर्शनधारीले पछिल्लो समय दर्शन सहकारी मात्र नभई देशका अधिकांश सहकारीमा आर्थिक तरलता रहेकाले यसको सामना हामी सबैले गर्नुपर्ने जानकारी गराए ।
साथै उनले आफ्ना १० हजार शेयर सदस्यहरुको दायित्व आफुसँग रहेको जानकारी गराउदै संस्थाको सम्पूर्ण कारोबार सुरक्षित रुपमा संचालन गर्ने बताएका थिए ।

सो सभामा प्रमुख अतिथि समेत रहेका नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले अधिकांश सहकारी संस्थामा समस्या आएकाले शेयर सदस्यहरुले नै संस्थालाई बचाउन लाग्नुपर्ने जनाए । उनले देशको अवस्था जस्तो भएपनि आर्थिक तरलता जहाँ भएपनि हामीले सहकारीलाई मन दिनु नहुने र सहकारी नै हाम्रो एक आधार भएको बताए । बैंक तथा अन्य वित्तीय संस्थाका कारण सहकारी माथि आक्रमण बढ्दा थप समस्या आएको भन्दै त्यसलाई निक्षेपकर्ता शेयर सदस्यले बुझ्न आवश्यक रहेको उनले थप जनाए ।
सो साधारण सभाले आगामी दिनको भावी कार्ययोजना र रणनीति सर्वसम्मत रुपमा पारित समेत गरेको छ ।

Leave a Reply