नवलपरासीको हाम्रो सुपर सहकारीद्धारा ८ जना शेयर सदस्यलाई सहुलियत ऋण प्रदान
नवलपरासीको बर्दघाटमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. को १३ औ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको अवसर पारेर संस्थाले आफ्ना ८ जना शेयर सदस्यहरुलाई ऋण प्रदान गरेको घोषणा गरेको छ ।
संस्थाले व्यवसायी कृषि पेशा गरेका ८ जना शेयर सदस्यहरुलाई संस्थाले तोकेको मापदण्ड अनुसार सहुलियत दरमा ऋण प्रदान गरेको हो ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष खेमराज सुबेदीले गर्नुभएको हो भने निवर्तमान अध्यक्ष माया पौडेलले स्वागत मन्तव्य संस्थाका सचिव बिष्णु प्रसाद बरालले कार्यक्रम संचालन गर्नुभएको हो ।
उक्त अवसरमा संस्थाले संस्थाका शाखा समिति सदस्य ईन्द्र जित चौधरी, बर्दघाट उद्योग वाणीज्य संघमा कोषाध्यक्ष पदमा निर्वातीच हुनु भएको र सल्लाहकार डिलकुमारी कुवंर जिल्ला सहकारी संघ संघको सदस्यमा मनोनित भएकोमा दुबैलाई संस्थाले सम्मान गरेको हो ।
त्यसैगरी कार्यक्रममा संचालक समिति , लेखा समिति ,सल्लाहकार तथा विभिन्न उपसमितिका संयोजक एवं सदस्य र कर्मचारी लगाएतको उल्लेख्य रुपमा उपस्थिती रहेका थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका व्यस्थापक विष्णु बहादुर बस्नेतले गर्नुभएको हो ।
