महालक्ष्मी सहकारीको पर्सा जिल्लामै पहिलो सेवा, ४०लाख संरक्षितपूँजी फिर्ता कोषले सदस्य खुशी

0 Shares

पर्सा विरगञ्ज माईस्थान गीता मन्दिर रोडमा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. ले पर्सा जिल्ला भरिकै सहकारीहरुले दिन नसकेको पहिलो सेवा मार्फत रेकर्ड तोड्दै संस्थाले आफ्नो सस्थाको मुनाफाबाट संरक्षितपुँजी फिर्ताकोषको ४० लाख रुपैया बचतकर्ता र ऋणिहरुलाई वितरण गर्न सफल भएको हो । संस्थाले यो सेवा प्रदान गर्नाले सदस्यहरु उत्साहित समेत भएका छन् ।
त्यसैगरी संस्थाले आव २०७९÷८० को मुनाफाको २५ प्रतिशत रकम एक औपचारिक कार्यक्रम मार्फत आफ्ना सदस्यहरुलाई वितरण गरेको हो ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थाले वित्तीय सेवा मार्फत आफ्ना सदस्यहरुको जस्वन स्तर उकास्न उल्लेखनीय योगदान पु¥याउँदै आईरहेको छ । संस्थाले वित्तीय कारोबार सँगै सदस्यहरुलाई प्रविधि मैत्री समेत बनाएको छ । सदस्यहरुको सुविधाका लागि मोवाईल बैंकिङ्ग रेमिट्यान्स, सदस्यहरुलाई बोनस, लगायतका उल्लेखनीय सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।
त्यसैगरी सस्थाले आफ्ना सदस्यहरुको सुविधाका लागि विरगञ्जको माईस्थान गीता मन्दिर रोडमा ११ धुर जग्गामा ५ तले सुविधा सम्पन्न भवन समेत बनाई कारोबारलाई निरन्तरता दिईरहेको छ ।
सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय हुँदै आईरहेको सो संस्थाले विभिन्न आर्थिक सहयोग, सदस्यहरुलाई सहकारी शिक्षा तालिम गोष्ठीहरुलाई समेत विशेष प्राथमिकता दिँदै आईरहेको छ । संस्थाले आगामी दिनहरुमा सदस्यताहरु थ्प सेवा समेत प्रदान गर्ने संस्थाका व्यवस्थापक जितेन्द्र वर्माको भनाई छ ।

Leave a Reply