विभु पोखरल बने रौतहट जिल्ला बचत संघको अध्यक्ष, अरु को को आए हेर्नुहोस्

रौतहट बचत तथा ऋण सहकारी संघको २७ औं अधिवेशनबाट अध्यक्षमा विपु पोखरेल निर्वाचित भएका छन् ।
सहकारी अभियानको अग्रज सहकारी अभियान्तका रुपमा चिनिएका पोखरेल रौतहट जिल्लाकै नमुना सहकारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हुन ।
त्यसैगरी संघको उपाध्यक्षमा रामविश्वास पासवान महासचिव देवबहादुर सापकोटा, सचिव बसन्त कुमार आचार्य कोषाध्यक्ष नरेन्द्र राना सदस्यहरु कल्पना दाहाल, पद्म प्रसाद पहाडी, दुर्गा देवी दाहाल, लक्ष्मीकुमारी घिमिरे , रामकान्त प्रसाद, दुर्गा आचार्य राजेन्द्र राय यादव, लेखा संयोजक जितेन्द्र कुमारी चौधर ि सदस्य इश्वरी प्रसाद पौडेल धर्मविर ठाकुर निर्वाचित भएका छन् ।