काभ्रेको उद्यम विकास सहकारीले ग-यो ११ जना उत्कृष्ट महिला उद्यमीलाई सम्मान

0 Shares

 

काभ्रेको पनौती नपामा रहेको उद्यम विकास बचत तथाऋण सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सो अवसर पारेर आफ्ना संस्थाका ११ जना उत्कृष्ट महिला उद्यमी र पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुने पनौतीको कौला छे संचालन गरीरहेकी रमा फाँछि श्रेष्ठ वर्थ डे केक तथा व्यवसाय संचालन गरिरहनु भएकी रस्मिता गुरुङ, टेम्पो चालक सुस्मिता थामी, भौसी पालन व्यवसाय गरिहनु भएकी गोमा खत्री , बेकरी सामान फ्याक्टी संचालक सुमि श्रेष्ठलाई सम्मान गरेको हो ।

यस्तै टेलर व्यवसाय संचालक सुनलक्ष्मी थिङ, कुचो बनाउने व्यवसाय गर्ने सुनमाया गोले, रिक्सा पसल व्यवसायी सुनिता मानन्धर श्रेष्ठ, गोलभेडा खेती गर्ने संगिता श्रेष्ठ, मासु व्यवसायी शशिकला बुढाथोकी पुजा सामाग्री पसल संचालक भगवती अधिकारीलाई सम्मान गरेको छ ।

सो अवसर पारेर संस्थाले सस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सनत प्रसाद सापकोटा निवर्तमान अध्यक्ष तथा सल्लाहकार रोशन कुमार श्रेष्ठलाई सम्मान गरेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन पनौती नपा ७ का वडा अध्यक्ष सविन ताम्रकारले गरेको थिए । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष सनिल सुन्दर संैजुले गर्नु भएको हो ।
स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सविता थापाले राखेकी थिईन भन कार्यक्रम संचालन विमल कार्कीले गरेका थिए ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि ताम्राकारले उद्याम विकास सहकारी १७ बर्षमा आई पुग्दा संस्थाले गरेका गतिविधिहरुको बारेमा चर्चा गरेका थिए ।
सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सैजुले हाम्रो यस संस्था आज १७ औं बर्षमा प्रवेश गरेको र संस्था यहाँ सम्म आईपुग्नमा संस्थाका शेयर सदस्य संचालक टिम कुशल कर्मचारीको व्यवस्थापनको ठूलो योगदान रहेको चर्चा गरे ।
हालसम्म आईपुग्दा संस्थाको शेयरपुँजी ४ करोड ६६ लाख २० हजार, कुल सम्पत्ति ५६ करोड २७ लाख ७७ हजार ३ सय ४४ रुपैया रहेको उल्लेख गरिएको छ । संस्थामा हालसम्म ४ हजार ५ सय ७१ ज्ना शेयर सदस्यहरु आवद्ध भईसकेका छन् ।
सो कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक उत्तम श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply