लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न

0 Shares

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथि नखःको अवसर पारेर भक्तपुर नगरको सम्पदाका रुपमा रहेको कालदह (कालिदह) सरसफाई कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष राजन जतिले उक्त सरसफाइ कार्यक्रमको औपचारिक कार्यक्रममा बोल्दैे सहकारी संस्था समुदायमा आधारित हुने भएकोले वित्तिय कारोबारमा मात्र सिमित नभई सामाजिक उत्तरदायित्व बहन हुने किसिमका कार्यहरु पनि गर्नुपर्ने कुरा राख्नुभयो ।

 

नगरपालिकाको एक सहकारी एक सम्पदा अन्तर्गत लोकेश्वर साकोसले बार्षिक रुपमा विभिन्न सम्पदास्थलहरुको सरसफाइ गर्दै आएको र आज पनि सिथि नखःको अवसर पारेर सरसफाइ कार्यक्रम आयोजना गरेको बताउनु भयो । सामाजिक संघ, संस्था, विद्यालयहरुले पनि यस प्रकारको सरसफाई कार्यलाई निरन्तर गर्दै जानु पर्ने कुरा राख्दै कार्यक्रम सफल पार्न पाल्नुहुने सम्पुर्णमा धन्यावद प्रकत गर्नु भयो ।

संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानिय जनताको उल्लेख्य सहभागी रहेको उक्त सरसफाई कार्यक्रममा कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि बोल्नु भएको थियो ।

Leave a Reply