सगुन सहकारी मधेश प्रदेशकै उत्कृष्ट, प्रत्येक बर्ष संस्थाले पाउँछ उत्कृष्ट सम्मान

सर्लाहीको हरिवन नपामा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. राष्ट्रिय सहकारी बैंक लि. को २२ औं स्थापना दिवसको अवसरमा आज एक कार्यक्रम गरि मधेस प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा सम्मान गरेकोछ ।
मधेश प्रदेशमै निरन्तर रुपमा उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत हुँदै आईरहेको सो संस्थालाई मधेश प्रदेश माननिय मुख्यमन्त्री शतिस कुमार सिंहको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केशव प्रसाद ढकाल अध्यक्षतामा कार्यक्रम सम्पन्न गरी संस्थाका पदाधिकारी संचालकलाई सम्मान गरेको हो । २० औं बार्षिक साधारण सभामा सम्मान छनौट गरि हाल उक्त सम्मान प्रदान गरिएको हो । यस संस्थाले सहकारीको विकाश, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पुर्याएको उच्च मुल्याँकन गर्दै उत्कृष्ट प्रादेशिक सम्मान प्रदान गरेको हो