शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा मंसिर २२ गते शनिबारका दिन स्टार दरवार प्रा.लि बल्खुमा सम्पन्न भएको छ संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षता एंव कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष राजु कुमार दाहालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो सभामा बोल्दै प्रमुख अतिथि दाहालले ६५ लाख सहकारीमा आवद्ध सदस्यहरु सहकारीको माध्यमबाट रोजगारीको अवस्था सिर्जना भएको हो सहकारीहरुमा राज्यको अनुगमन नहुदा सहकारीमा समस्या आएकोले सहकारीमा बिश्वासको कमि भएको कुरामा जोड दिनुभयो

 

साथै शुभ सन्देश सहकारीमा सञ्चालक ,कर्मचारी ,ब्यवस्थापन टिमको अहम भुमिका रहेकोले संस्थाको वित्तिय कारोबार अब्बल रहेकोले सदस्यहरुलाई ढुक्क भएर संस्थामा कारोबार गर्न आग्रह गर्नुभयो सभामा अध्यक्ष श्रेष्ठले ०८०/०८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मुल्य मान्यता सिद्धान्त अनुसार संस्था सञ्चालन भई ब्यापारको लागि तपाईंको आफ्नै सहकारी भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै निति विधिको प्रयोग गरी सदस्यहरुको वित्तिय अवस्था परिपुर्तिका साथै सामाजिक आर्थिक सांस्कृतिक रुपान्तरणको लागि समुदायको भरपर्दो माध्यमको रूपमा संस्थाले काम गर्दै आएको बताउनुभयो कार्यक्रममा सचिव हरीप्रसाद कोइरालाको स्वागत मन्तब्य आर्थिक प्रतिवेदन कोषाध्यक्ष कुबेर थापाले र लेखा समिति संयोजकको प्रतिवेदन सरोज थापाले गर्नुभएको थियो

 

सभामा अतिथिहरु नेको इन्स्योरेन्स प्रा.लि कलंकी शाखाका शाखा प्रमुख बेनुपराज पौडेल,देवन सफ्ट आई स्मार्ट प्रा.लिका कार्यकारी प्रमुख बिष्णु महर्जन,संस्थाका उपाध्यक्ष जगन्नाथ तिवारी,सचिव हरीप्रसाद कोईराला,कोषाध्यक्ष कुबेर थापा,सञ्चालक सदस्य बिकास शाही,राजेश खडगी,राजु कुमार न्यौपानेले शुभकामना व्यक्त गर्नुभयो साधारण सभामा जेष्ठ नागरिक सम्मान हरिहर प्रसाद न्यौपाने,नियमित बचतकर्ता दशरथ गुरुङ,उत्कृष्ट बचतकर्ता थिर बहादुर थापा,उत्कृष्ट कर्मचारी कुसुम राईलाई सम्मान गरिएको थियो उक्त कार्यक्रमको सञ्चालन सिताराम अधिकारीले गनुभएको थियो सभामा आर्थिक वर्ष ०८०/०८१ को असार मसान्तसम्मको सेयर पुँजी १ करोड ५७ लाख ३२ हजार १०० रुपैयाँ,निक्षेप संकलन ७५ करोड ३७ लाख ४६ हजार ३८ रुपैयाँ निक्षेप रकम फिर्ता १० करोड ७८ लाख ३४ हजार ७ सय ७६ रुपैया रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ साथै उक्त कार्यक्रमको ब्यवस्थापन संस्थाका ब्यवस्थापक मनिष कुमार झा,लेखा अधिकृत दिना राउत,बजार प्रमुख चेतना गौतम,कर्जा अधिकृत विशाल श्रेष्ठ,टेलर मिना थापा,बजार सुपरभाईजर रोशिका स्याङ्गतान,बजार प्रतिनिधि निर्मला सापकोटा,कुसुम राई,बिपना ताङनामी,प्रमिला तामाङ,पुजा तुमसिंह मगर,रबिना घताने कार्यालय सहयोगी परिना पाण्डेले गर्नुभएको थियो

Leave a Reply