कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न अध्यक्षमा जयराम तिमिल्सिना निर्वाचित

0 Shares

कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा मंसिर २१ गते शुक्रबारका दिन होटेल हार्दिक बागबजारमा सम्पन्न भएको छ संस्थाका अध्यक्ष रमेश प्रसाद पाण्डेको सभापतित्व एंव प्रतिनिधि सभा सदस्य माननिय योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो सभाले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्वत चयन गरेको छ शनिबार सम्पन्न संस्थाको बार्षिक साधारण सभाले अध्यक्षमा जयराम तिमिल्सिना चयन गरेको छ तिमिल्सिना यस अघि सचिव थिए नवनिर्वाचित समितिको उपाध्यक्षमा बाल कुमार खत्री,सचिव सुदर्शन अर्याल,कोषाध्यक्ष प्रकाश फुँयाल,चयन हुनुभएको छ त्यसैगरी सञ्चालक समितिको सदस्यहरुमा डिल्ली राज धिताल,शिशिर पोख्रेल,कल्याणी भण्डारी निर्वाचित हुनुभएको छ

 

लेखा सुपरिवेक्षण समिति संयोजकमा सहदेव रायमाझी चयन हुनुभएको छ भने सदस्यहरुमा निर्मल कुमार श्रेष्ठ,शिला पुडासैनी चयन हुनुभएको छ दुवै समितिको कार्यकाल चार वर्षको हुनेछ त्यसैगरी साधारण सभामा संस्थाका अध्यक्ष पाण्डेले ०८०/०८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजकको प्रतिवेदन लेखा समिति संयोजक डिल्लीराज धितालले गर्नुभएको थियो स्वागत मन्तब्य संस्थाका सञ्चालक सदस्य सुदर्शन अर्याल कार्यक्रम सञ्चालन संस्थाका सचिव जयराम तिमिल्सिनाले गर्नुभएको थियो सो कार्यक्रममा अतिथिहरु काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)का सञ्चालक बिरेन्द्र भण्डारी,बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ ( बागमती प्रोस्कुन) का सञ्चालक तथा जेष्ट आईडियोलोजी साकोसका अध्यक्ष हेम बहादुर कार्की,जिल्ला सहकारी संघ काठमाडौंका महासचिव बालकुमार बास्तोला,मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक ओम बहादुर बस्नेत,पशुपति विकास कोषका पुर्व कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा,राष्ट्रिय सहकारी बैंक लि.पुतलीसडक शाखाकी शाखा प्रमुख प्रमिला अर्याल,राष्ट्रिय सहकारी बैंक लि.न्युरोड शाखाकी शाखा प्रमुख रमा घिमिरेले शुभकामना व्यक्त गर्नुभयो सो सभामा बोल्दै प्रमुख अतिथि भट्टराईले नेपालको अर्थतन्त्रको तिन खम्बे अर्थनिति मध्ये सहकारीको पनि महत्वपुर्ण भुमिका रहेको बताउदै संस्थाले नीति विधि र कानुनलाई आत्मसाथ गर्दै अगाडि बढने सदस्य सञ्चालक र ब्यवस्थापन टिम सदस्य केन्द्रित हुनुपर्ने सदस्यहरुको वित्तीय अवस्था परिपुर्तिका साथै सामाजिक आर्थिक सांस्कृतिक रुपान्तरणको लागि समुदायको भरपर्दो माध्यमको रूपमा संस्थाले काम गर्दै जानुपर्ने कुरालाई जोड दिदै संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो त्यसैगरी सभामा जेष्ठ नागरिक सदस्य डा.बम बहादुर थापा जिताली,लक्ष्मी प्रसाद पाण्डे,बिष्णु लक्ष्मी पाण्डे लाई सम्मान गरिएको थियो साथै संस्थाको असार मसान्तसम्मको सेयर पुँजी २,७७,१३००० रुपैयाँ, बचत निक्षेप १९,३४,६८,०६८ रुपैयाँ, ऋण लगानी ३२,५९,५१,९३२ रुपैयाँ,सेयर सदस्य ४४६ जना रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ

Leave a Reply