लोकेश्वर साकोसको २०औँ स्थापना दिवसमा शिक्षा शिविर सम्पन्न

0 Shares

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औँ स्थापना दिवसको आज सो संस्थाको शिक्षा तथा बचत उप-समितिको आयोजनामा उक्त संस्थाका नयाँ सदस्यहरुको लागि शिक्षा शिविर सम्पन्न भयो । सो अवसरमा संस्थाका अध्यक्ष राजन जतिले अहिलेको सहकारीहरुमा देखिएका विभिन्न समस्याहरुलाई औँल्याउदै हामीले सहकारी संस्था चिनेर मात्र बचत करोबार गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले हाल संस्थाको अवस्था र सहकारीको महत्व, संस्थाले गर्दै आएका सामाजिक, आर्थिक तथा नैतिक जिम्मेवारी बहनका बारेमा सदस्यहरुलाई सुसुचित गर्नुभयो । संस्थाले बचत तथा ऋण सम्बन्धी आर्थिक कारोबारका अलावा सामाजिक उत्तरदायित्व र सदस्यहरुलाई समय सुहाउदो विभिन्न शीपमूलक तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो । शिक्षा शिविर कार्यक्रमबाट प्रत्यक्ष रुपमा नयाँ सदस्यहरु र संस्था बीच अन्तर सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्दै सहकारीले प्रथाममिकताका साथ गर्नुपर्ने र गर्दै आएका विभिन्न आर्थिक, सामाजिक तथा सांस्कृतिक कार्यहरु सम्बन्धी जानकारी दिनुभयो ।

 

संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा तथा बचत उप-समितिका संयोजक कृष्णराम तुकंबञ्जारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले सहकारीको सिद्धान्त एवं आवश्यकता, सामाजिक उत्तरदायित्व र हालको अवस्था तथा संस्थाको स्थापनाकालदेखि गरेका विभिन्न गतिविधिहरु सम्बन्धमा प्रस्तुतिकरण दिनुभयो । कार्यक्रममा तुल्सीलक्ष्मी दुमरु (बाटी) र प्रबन्धक प्रशान्त मानन्धरले पनि आ-आफ्नो धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply