प्रधानमन्त्री वोलीले गरे मेची पुलको उद्घाटन , एक वर्षभित्रमा झापामा हुलाकी सडक निर्माण सकिने मन्त्री माहसेठको भनाई

९ वर्ष लगाएर निर्माण गरिएको झापाको भद्रपुरस्थित मेची पुलको प्रधानमन्त्री खड्गप्रसाद शर्मा वोलीले आज उद्घाटन गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री वोलीले आफू नेतृत्वको सरकार मेची महाकाली पूर्व पश्चिम रेल निर्माण गरी छाड्ने बताए । त्यस अवसरमा निर्माण तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर माहसेठले एक वर्षभित्र झापामा हुलाकी सडक निर्माण कार्य सकिने बताए । त्यस अवसरमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई लगायतको पनि उपस्थिति रहेको थियो ।
सो पुल निर्माणसँगै झापाको भद्रपुर तथा आसपासका क्षेत्रका नागरिकहरुलाई नेपाल -भारत आवत जावत सजिलो भएको छ ।