गण्डकी मेडिकल कलेजको ओ.पी.डी. सेवामा विद्यार्थीको ताला

आफूहरुबाट सरकारले तोकेको भन्दा बढी शुल्क लिएको , आफूले कलेजमा बुझाएको शुल्कको रसिद /भौचर नदिने गरेको भन्दै त्यसको विरोधमा आन्दोलनरत पोखराको गण्डकी मेडिकल कलेजका एम.बी.बी.एस. तहमा अध्ययनरत विद्यार्थीहरुले आज कलेजको ओ.पी.डी. सेवा तथा कलेज प्रशासनमा तालावन्दी गरेका छन् । विगत केही समयदेखि आन्दोलनरत विद्यार्थीहरु आफूहरुको माग कलेज प्रशासनले सुनेको नसुनै गरेका कारण तालाबन्दी गर्नु परेको बताउछन् कलेज प्रशासनलाई दिएको २४ घण्टे अल्टिमेटमको समय सीमा सकिएपछि विद्यार्थीहरुले तालाबन्दी गरेको बताइएको छ । काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजहरुका लागि एम.बी.बी. एस.तहको कार्यक्रमका लागि रु.३८,५०,००० शुल्क तोके पनि सो कलेजले विद्यार्थीहरुबाट रु. ५६ लाखसम्म शुल्क लिने गरेकोले त्यस विरुद्ध विद्यार्थी तथा तिनका अभिभावक आन्दोलित छन् ।