क्षत्री समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशन चैत्र २३ र २४ गते पोखरामा हुने

119 Shares

प्रा.डा. चन्द्रबहादुर थापाको नेतृत्वमा रहेको क्षत्री समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशन ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि खस क्षत्रीहरुको एकता – आजको आवश्यकता’ भन्ने मूल नाराका साथ २०७५ चैत्र २३ र २४ गते पोखरामा हुने भएको छ । चैत्र २३ गते उद्घाटन र २४ गते बन्द-सत्रको कार्यक्रम रहेको र उद्घाटन समारोहमा १ लाखभन्दा बेसीको सहभागिता रहने सो समाजका केन्द्रीय उपाध्यक्ष योगेन्द्र खस क्षत्रीले बताउनुभयो ।

सो राष्ट्रिय अधिवेशनको प्रमुख अतिथिको भने टुङ्गो लागि नसकेको उहाँको भनाई छ । क्षत्री समाज नेपालको राष्ट्रिय अधिवेशनको तयारी कस्तो भइरहेको छ त भन्ने सहकारी सञ्जालको जिज्ञाशाको जवाफमा ‘यतिबेला सो राष्ट्रिय अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ र यस क्षत्री समाज नेपालका देशभरका जिल्ला समितिहरु तथा जन-वर्गीय संगठनहरुको अधिवेशन धमाधम भइरहेको छ । यसै अनुरुप २०७५ चैत ९ गते शनिवार दिनको ११:०० बजे बनेपा- जनागलमा क्षत्री समाज नेपालको काभ्रेपलाञ्चोक जिल्ला अधिवेशन र चैत्र १६ गते ३
नं. प्रदेश अधिवेशन ललितपुरमा सम्पन्न हुन गइरहेको छ’ उहाँको कथन छ ।
यसैगरी यही चैत्र २ गते क्षत्री समाज नेपालको ललितपुर जिल्ला अधिवेशन सम्पन्न भयो । सो अधिवेशनलाई सम्बोधन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष योगेन्द्र खस क्षत्रीले राष्ट्रिय अखण्डता , जातीय सद्भाव र क्षत्रीहरुको हक , हित र अधिकारका लागि क्षत्री समाज नेपाल संघर्षरत रहेको बताउनुभयो । सो अधिवेशनले

श्यामबहादुर बस्ताकोटीको अध्यक्षतामा १३ सदस्यीय सो समाजको ललितपुर जिल्ला समिति चयन गरेको छ

। समितिको वरिष्ठ उपाध्यक्षमा अशोक के.सी. उपाध्यक्षमा राजेन्द्रविक्रम सिजापती ,

महिला उपाध्यक्षमा भावना कार्की , सचिवमा शशि खड्का , कोषाध्यक्षमा सुमन के.सी. तथा सदस्यहरु क्रमश: रामकृष्ण बस्नेत , राजकुमार खड्का , धर्मदेव थापा , प्रकाश के.सी. , निरू के.सी.र गोकुल सिजापती रहनु भएको छ ।

Leave a Reply