सरकारी सुरक्षाकर्मीको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ता पक्राउ गर्ने क्रम जारी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता – कार्यकर्ताहरुलाई राज्यको तर्फबाट पक्राउ गर्ने क्रम जारी रहेको बताइएको छ । हिजो कास्कीबाट सो पार्टीका १८ जना नेता-कार्यकर्ताहरुलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीको भनाई छ तर सो दलको कास्की जिल्ला संगठन कमिटीले भने बैठक गरिरहेको आमा समूहको भवनबाट आफ्नो दलका २२ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
यसैगरी खोटाङ , भोजपुर , शंखुवासभा र सोलुखुम्बुमा उक्त दलको गतिविधि बढेको भन्दै प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सर्च अभियान सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ ।