नेपाल कम्युनिष्ट पार्टीको असार १-३ गते लाहानमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तिब्र

0 Shares

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको  राष्ट्रिय कार्यकर्ता भेला आउने असार १-३ गतेसम्म सिराहाको लाहानमा हुने भएको छ । सो भेलाको उक्त दलका अध्यक्ष ऋषि कट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको  बताइएको छ ।

सो भेलाको तयारी तिब्र रुपमा भइरहेको सो पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ । गएको जेठ १६-१८ गते सो भेला गर्ने भनिएपनि प्राविधिक कारणले भेलाको मिति र स्थान परिवर्तन गरिएको सो दलका नेता रत्नप्रसाद जोशीले बताउनुभयो । भेलाको तयारीका क्रममा उक्त पार्टीका नेताहरु पूर्वी तराईका जिल्लाहरुमा जानु भएको नेता जोशीको भनाई छ ।

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम र बजेट विगतका वर्षहरुको भन्दा खासै भिन्न नरहेको ,  कर्मचारीको तलव , बृद्ध भत्ता र असाह्य एक महिला भत्ता बृृृृद्धि , उद्योग , व्यापार व्यवसाय र सहकारी क्षेत्रको हितमा केही सुधारका कुराले उनीहरुबाट सरकारले सहानुभूति बटुले पनि मुद्रा स्फिर्तीको बृद्धि , अनियन्त्रित रुपमा भइरहेको मुल्य बृद्धि , दण्डहीनत  र भ्रष्टाचारलाई न्युन गर्ने र नयाँ परिपाटी निर्माण गर्ने ठोस योजना तिनमा नभएको तथा  कृषि , उत्पादन , शिक्षा  लगायतका क्षेत्रमा बजेट घटाएकोले यो बजेट उत्पादनमुखी नभई वितरणमुखी भएकोले  यसले आर्थिक रुपमा विपन्न जनताको जीवनस्तर माथि उठाउन र समाज रुपान्तरणमा खासै योगदान गर्न नसक्ने सो पार्टीका  केन्द्रीय समिति सदस्य तथा ३ नं. प्रदेश समिति सचिव अर्जुन कार्कीले सहकारी सञ्जाललाई बताउनुभयो ।

Leave a Reply