विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) का १८ जना नेता- कार्यकर्ताहरुलाई पक्राउ गरिएको प्रति तीन विद्यार्थी संगठनको विरोध

कास्की जिल्लामा क्रियाशील ३ विद्यार्थी संगठनहरुले हिजो एक प्रेस विज्ञप्ति जारी गरी केही दिन पहिले कास्की जिल्लाको घान्द्रुकबाट बैठक बसिरहेको अवस्थामा अखिल (क्रान्तिकारी) १८ जना नेता – कार्यकर्ताहरुलाई पक्राउ गरिएको कोमा विरोध गर्दै उनीहरुको रिहाईको माग गरेका छन् । अखिल नेपाल विद्यार्थी यूनियनका कास्की जिल्ला अध्यक्ष राजन पौडेल , नयाँ शक्ति विद्यार्थी यूनियनका कास्की जिल्ला संयोजक विशाल तिमिल्सिना र अखिल (छैटौँ) का कास्की जिल्ला संयोजक दानु सारु मगरले जारी गरेको विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ।
संयुक्त विद्यार्थी आन्दोलन देशको सबैखाले आन्दोलनमा आफ्नो सशक्त भूमिका निर्वाह गर्दै आईरहेको विषय सबैमा अवगत नै छ। यसले राष्ट्र ,राष्ट्रियता ,सार्वभौमिकता र अखण्डताको सवालमा चल्ने सबै आन्दोलनमा आफूलाई अग्रमोर्चामा राखेको सर्वविधितै छ।
देश र जनता यतिबेला भ्रष्टाचार , महङ्गी , कालोबजारी ,तस्करी ,बलात्कार , हत्या आदिले आक्रान्त छ। दुई तिहाईको सरकारले सबैतिर आक्रमण गरेको छ।सरकार यतिबेला नागरिक स्वतन्त्रतामाथि अङ्कुुस लगाउन लाागिपरेको छ।प्रजातन्त्र र लोकतन्त्रको परिभाषा बिपरित रहेर सरकारले संयुक्त बिध्यार्थी आन्दोलनका सहयात्री साथीहरु जसमध्ये विप्लव नेेेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) गण्डक व्युरो संयोजक मिलन राई , कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, पि.एन. जिल्ला अध्यक्ष प्रकाश बास्तोला लगाएत १८जना साथीहरुलाई बैठक बसिरहेकै अवस्थामा घान्द्रुकबाट गैर-न्यायिक तरिकाले गरिएको गिरफ्तारीको संयुक्त विद्यार्थी संगठन ,कास्की जिल्ला गम्भीर आपत्ती जनाउँदछ। अत:संयुक्त विद्यार्थी संगठन , कास्की जिल्ला संयुक्त विध्यार्थी आन्दोलनका सहयात्री सथीहरुलाई तुरुन्तै विनासर्त रिहाईको माग गर्दछ। अन्यथा जुनसुकैबेला जस्तोसुकै आन्दोलनको घोषणा गर्न हामी बाध्य हुनेछौँ।