धौलागिरी समाज नेपाल , काठमाडौं र धौलागिरी पर्यटन प्रबर्द्धन समितिद्वारा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ९ सुत्रीय मागपत्र पेश

0 Shares

धौलागिरी समाज नेपाल , काठमाडौं र धौलागिरी पर्यटन प्रबर्द्धन समितिले हालै संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा  ९ सुत्रीय मागपत्र  पेश गरेको छ । धौलागिरी समाज नेपाल , काठमाडौंका उपाध्यक्ष केदारनाथ गौतमको नेतृत्वमा सो समाजका केेेेन्द्रीय महासचिव गोविन्दप्रसाद शर्मा , उक्त समाजका सदस्य तथा धौलागिरी पर्यटन प्रबर्द्धन समितिका संयोजक खिमानन्द कँडेल र उक्त समितिका सदस्यद्वय ईन्दीरा लामिछाने र तारानाथ सापकोटा रहेको प्रतिनिधिमण्डलले संस्कृति  , पर्यटन  तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा समक्ष सो मागपत्र बुझाएको थियो । उक्त मागपत्र ग्रहण गर्दै संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सापकोटाले ‘गण्डकी सभ्यता बचाऔँ महाअभियान’ अत्यन्त सकारात्मक अभियान भएकोले यसबारे जन चेतना फैलाई यसको देश विदेशमा प्रचार प्रसार गर्नु पर्ने खाँचो औल्याउदै मागपत्रमा उल्लेखित माग सम्बोधन गर्न आफूले सकेसम्म कोसिस गर्ने बताउनु भएको गण्डकी समाज नेपाल , काठमाडौंका केन्द्रीय महासचिव गोविन्दप्रसाद शर्माले सहकारी सञ्जाललाई बताउनुभयो ।

उक्त मागपत्रमा निम्न अनुसारका मागहरु रहेका छन् ।

(१) हालै गण्डकी प्रदेशद्धारा घोषणा गरिएका ११० पर्यटकीय गन्तव्यहरुको विकासको लागि नीतिगत रुपमा नै निरन्तर बजेट जाने गरी सम्बोधन गर्ने ।
(२) पोखरा , ढोरपाटन , लुम्बिनी र मुक्तिनाथ क्षेत्रबीचको क्षेत्रलाई एकीकृत ढंगबाट विकास गर्नको लागि यस क्षेत्रलाई धौनिढोका पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्ने ।
(३) “गण्डकी सभ्यता बचाऔं महाअभियान” लाई व्यापक अभियानको रुपमा नै राष्ट्रिय एवं अन्र्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने , जन चेतना फैलाउने।            


(४) बागलुङ जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरु : बागलुङ कालिका भगवती मन्दिर , भकुण्डे , रेश , त्रिपुरेश्वर महादेव मन्दिर विहुँकोट, झुलेनी, बेलढुंगा , सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम संग्राहलय कुँडुलेलाई समावेश गरेर झण्डै ७० किलोमिटरको पैदल मार्गलाई गण्डकी प्रदेश कै नमूना पर्यटकीय पैदलमार्गको घोषणा गरी प्रयाप्त बजेटको बिनियोजन गर्ने ।
(५) म्याग्दीको गलेश्वर , सिंगा तातोपानी, स्वर्गाश्रम , बेलढुंगा , झुलेनी , शिवधुरी , त्रिपुरेश्वर महादेव मन्दिर÷विहुँकोट , कालिका भगवती मन्दिर, शालिग्राम संग्राहलय कुँडुले र पञ्चकोट सर्वसिद्धिधाम बानपालाई धार्मिक पर्यटकीय चक्रपथको रुपमा घोषणा गर्ने ।
(६) बागलुङ र म्याग्दी जिल्लाको सिमाना भएर प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोट बेलढुंगा, झुलेनी , शिवधुरी , हरिचौर , घुम्टेको धुरीसम्म पैदल मार्गको निर्माण गर्ने ।
(७) ग्रामीण स्तरमा स्थापना भएका सामुदायिक होम स्टेहरुको अनिवार्य रुपमा सम्पर्क कार्यालय स्थापना गर्न लगार्ई हरेक होम स्टे अफिसहरुलाई ग्रामीण पर्यटन सूचना केन्द्रको रुपमा विकास गर्ने नीति अबलम्बन गर्ने ।
(८) बिहुँकोट , रामकोट , शिवधुरी र झुलेनी , धम्जा देउराली , बेलढुंगा क्षेत्रलाई जोड्ने गरी पैदल मार्गको विकास गर्ने ।
(९) जैमिनीघाट , हाँडिकोट हुँदै गाजादह , भैरबस्थान मन्दिरसम्म पैदल मार्गको निर्माण गर्ने ।

   

एक वर्ष अगाडि काठमाडौंको बालाजू उद्मानमा भएको भेलाले नेपाल सरकारका भूतपूर्व मुख्य सचिव तथा धौलागिरी समाज नेपाल , काठमाडौंका अध्यक्ष मुकुन्द शर्मा पौडेलको अध्यक्षतामा १०१ सदस्यीय ‘गण्डकी सभ्यता बचाऔँ महाअभियान’ निर्माण गरेको थियो । महाअभियानको केन्द्रीय महासचिव समाजसेवी तथा सहकारी अभियन्ता गोविन्दप्रसाद शर्मा , सह-संयोजक केदादनाथ गौतम , भक्तराज भुषाल , दीनानाथ पौडेल , सावित्री शेरचन , पद्मनाथ सापकोटा र रमेश सुवेदी , सचिव नेपाल सरकारका उप-सचिव कृष्णप्रसाद शर्मा , कोषाध्यक्षमा लाइन्स क्लव काठमाडौं माउण्ट धौलाडिरीका अध्यक्ष एकनारायण उपाध्याय , प्रवक्ता अधिबक्ता दीपेन्द्र पौडेल तथा सल्लाहकारहरु एवं संरक्षक नेपाल सरकारका सचिव खगराज पौडेल , आईएमई  समूहका अध्यक्ष चन्द्र ढकाल , भूतपूर्व सांसद तथा सामाजिक अभियन्ता ऋषिकेश तिवारी , प्रा.डा. चन्द्रराज सापकोटा , राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल , उद्योगपतित्रय पुष्पमान श्रेष्ठ , भरत श्रेष्ठ र देवदत्त गौतम , बुद्धिजीवीहरु डा.रामबहादुर के.सी. , डा.ज्ञानेन्द्रप्रसाद पौडेल , प्रा.डा. तिलकबहादुर कुँवर , वरिष्ठ ईञ्जिनियर मोती कुँवर , मुटुरोग विशेषज्ञ डा. मनबहादुर के.सी. , योगेश्वर ढकाल , विष्णुनाथ शर्मा सापकोटा , काठमाडौं जिल्ला प्रशासन कार्यालयका भूतपूर्व प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा , उच्च अदालतका न्यायधीश कुलप्रसाद शर्मा रहनु भएको  सो महाअभियानका सदस्य तथा धौलागिरी समाज नेपाल , काठमाडौंका सदस्य एवं धौलागिरी पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष खिमान्द कँडेलको भनाई छ । उक्त महाअभियानमा उच्च पदस्थ व्यक्तिहरु , नेपाल सरकारका अधिकृतहरु , उद्योगपति , व्यापारी तथा समाजसेवी , सहकारी अभियानका अगुवाहरु , लायन्स क्लव ईन्टरनेशनलका अगुवाहरु , कानूनविद , महिला तथा युवाहरू रहनु भएको र  उक्त महाअभियानको मूल समितिमा मुस्ताङ , पर्वत , म्याग्दी र बागलुङ जिल्लाका प्रतिनिधि रहनु भएको उहाँको कथन छ     

१७ वटा समितिका प्रमुखहरु सो महाअभियानको सदस्य रहेका र  धौलागिरी समाज नेपाल , काठमाडौं मुख्य प्रबर्द्धक रही १७ वटा समितिहरु सो महाअभियान सफल पार्न क्रियाशील रहेका उक्त महाअभियानका केन्द्रीय महासचिव तथा काठमाडौं धौलागिरी समन्वय समितिका अध्यक्ष गोविन्दप्रशाद शर्माको भनाई छ । उक्त महाअभियानले मुस्ताङ , म्याग्दी , पर्वत र बागलुङका ऐतिहासिक , धार्मिक तथा पर्यटकीय लगायतका विषय समावेश गरी ‘धौलागिरी स्मारिका’ प्रकाशनको तयारीमा लागेको उहाँले सहकारी सञ्जाललाई बताउनुभयो ।

 

Leave a Reply