जननेता बी.पी. कोइरालालाई सम्झिदै नेपाली काँग्रेस

0 Shares

नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिवार्चित सरकारका प्रधानमन्त्री बी.पी. कोइरालाको ३६औँ स्मृति दिवस नेपाली काँग्रेस , उसका भातृ संगठनहरु लगायतले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । बहुआयमिक व्यक्तित्वका धनी बी.पी. कोइरालाले राजनीतिसँगै साहित्यमा कलम चलाउनु भयो ।

नेपाली राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हँ भन्ने बी.पी. कोइरालाले आफ्नो कर्मले नेपाली राजनीतिमा जुन उचाई प्राप्त गर्नुभयो , नेपाली साहित्यमा पनि त्यत्तिकै उचाई प्राप्त गर्नुभयो । वि.सं. १९७१ भदौ २४ गते जन्मिनु भएका बी.पी. कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । पिता कृष्णप्रसाद कोइरालाले खनेको गोरेटोमा उहाँ निरन्तर हिढ्नुभयो । जहानीया राणा शासन अन्त  गरी प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान गर्नु भएका उहाँ २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएपछि बनेको सरकारमा गृहमन्त्री बन्नुभएको थियो तर त्यो सरकार लामो समय चल्न नसकेर वि.सं. २००८ सालमा विघटन भएपछि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि मुलुकमा राजनीतिक समस्या उत्पन्न भयो , जो वि.सं. २०१४ सालसम्म कायमै रह्यो । वि.सं.२०१५ भएको संसदीय निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई सिट जितेपछि बी.पी. कोइरालाको नेतृत्वमा सरकार बन्यो। उहाँ प्रधानमन्त्री रहेको समयमा नेपाल र चीन बीचको सीमा विवाद समाधान भएको थियो ।

उहाँ चीनसँग नेपालको राम्रो सम्बन्ध बनाउन सफल हुनुभएको थियो तर भारतको संस्थापन पक्षसँगभन्दा जयप्रकाश नारायण , रामनोहर लोहिया लगायतका समाजवादी चिन्तकहरुसँग उहाँको राम्रो सम्बन्ध रहेको बताइन्छ । त्यही कारण २०१७ सालमा तत्कालीन भारत सरकारको सहयोगमा राजा महेन्द्रले बी.पी. कोइराला नेतृत्वको सरकार अपदस्थ गरेको हुन सक्ने आँकलन धेरैले गरेको देखिन्छ। त्यसपछि उहाँले बाचुञ्जेल प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरिरहनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा बी.पी. कोइराला र वाम आन्दोलनमा शहीद गंगालालका माइला भाइ पुष्पलाल जतिको उचाई प्राप्त गरेका नेता अहिलेसम्म देखिएको छैन ।

आन्दोलनमा

Leave a Reply