गाम्चा साकोसको आयोजनामा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका – ४ , गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ‘लोक संस्कृति जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ  “तीज बिशेष कार्यक्रम- २०७६” यही साउन ३२ गते शनिवार गाम्चामा सम्पन्न भयो ।

सूर्विनायक नगरपालिका , वडा नं. ४ का वडाअध्यक्ष उत्तम थापाको प्रमुख आतिथ्यता र गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विकाश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त संस्थामा आवद्ध महिला सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सोही संस्थाका उपाध्यक्ष देवलाल राजथलाले स्वगत मन्तव्य र सचिव विदुर खड्काले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा चर्चित लोकगायक रञ्जित परियार र लोकगायिका अमृता श्रीपालीले आफ्नो चर्चित गीत संगीत प्रस्तुतीकरण गरी भरपुर मनोरञ्जन प्रदान गर्नु भएको थियो । त्यस अवसरमा  सहभागी महिला दिदी-बहिनीहरूले  पनि उक्त गीत संगीतलाई पूरा समय साथ दिनु भएका थियो। सो कार्यक्रमका अध्यक्ष विकाश खड्काले उक्त कार्यक्रम सफल बनाउन प्रत्यक्ष र परोक्ष सहयोग गर्ने सबै महानुभावहरुलााई धन्यबाद  ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply