मन्त्रालय र महासंघको सहकार्यमा सहकारी कर्जा सूचना केन्द्र छिट्टै स्थापना गर्ने छौँ : सहकारी मन्त्रालयका सचिव गौतम

राष्ट्रिय सहकारी महासंघ लि. , नेपालले महालेखा नियन्त्रकको कार्यालयबाट भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयमा केही दिन पहिले सरुवा भएर आउनु भएका सचिव सूर्यप्रसाद गौतमको स्वागतमा हिजो स्वागत कार्यक्रम आयोजना ग-यो ।
त्यस अवसरमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कर्जा सूचना केन्द्रको अभावले सहकारीले समस्या भोगेकाले बताउदै सहकारी कर्जा सूचना केन्द्र छिट्टै स्थापना गर्ने छौँ भन्नुभयो । सहकारी कर्जा सूचना केन्द्र चाडै स्थापनाका लागि भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ लि. वीचको सहकार्यमा काम अगाडि बढ्ने उहाँको भनाई थियो । उहाँले ऐन कानुनहरुलाई सहकारी मैत्री बनाउनका लागि छलफल शुरु गर्ने आफ्नो योजना रहेको बताउदै ‘सहकारी नेपालको अर्थतन्त्रको तीन खम्बा मध्येको एउटा महत्वपूर्ण खम्बा भएकोले यसलाई उत्पादन र आधारभूत आवश्यकतासँग जोड्नलाई ऐन कानुनहरुले बाधा अड्चन गरेका रहेछन् भने तिनलाई संशोधनका लागि छलफल गरिने बताउनुभयो । सहकारी गरिवी निवारणको औजार भएकोले यो क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउदै उहाँले सहकारीमा सुशासन र व्यवसायिकतामा देखिएका चुनौतीको समाधान गर्नका लागि सहकारी अभियानसँग सहकार्य गरेर मन्त्रालय अगाडि बढ्छ भन्नुभयो । सचिव गौतमले औपचारिक शिक्षामा सहकारीको पाठ्यक्रम विकास गरी विद्यालय र विश्वविद्यालयमा सहकारी शिक्षालाई फोकस गर्न पहल गर्ने बताउनुभयो ।’ एक सहकारी एक उतपादनको अवधारणालाई जोड दिदै उहाँले कोपोमिसलाई परिमार्जन गरी युजरमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय सहकारी महासंघ अध्यक्ष केशवप्रसाद बडालले सहकारीमा प्रयाप्त तालिम र शिक्षाको अभाव भएकाले यसतर्फ मन्त्रालयको ध्यान आकर्षण गराउनु हुदै विभिन्न ३४ वटा ऐन संशोधन गर्न सकिएको खण्डमा सहकारी आधारभूत आवश्यकतादेखि उद्योग धन्दामा समेत जान सक्नेमा जोड दिनु भयो । सहकारी अभियाले सहकारी एकीकरणमा जोड दिइरहेको उहाँकोो कथन थियो । सोही अवसरमा सो महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको योजना र भावी कार्यक्रमबारे अवगत गराउनुभएको थियो । उक्त अवसरमा सोही
कार्यक्रममा महासंघका वरिष्ठ उपपाध्यक्ष मीनराज कँडेल , उपाध्यक्ष ओमदेवीमल्ल लगायतको उपस्थिति रहेको राष्ट्रिय सहकारी महासंघ लि. स्रोतले जनाएको छ ।