स्मरण सहकारीको ११ औं बार्षिक साधारण सभा , उत्कृष्ट कर्मचारी सम्मान–निर्मल प्रसाद हुमागाईलाई

0 Shares


काठमाडौंको डिल्लीबजारमा रहेको स्मरण बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा (नेफ्स्कुन) का संचालक तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) का अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सुकप्रसाद चौलागाईको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको हलमा सम्मन्न भएको छ ।
उक्त उद्घाटन समारोहको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पनेरुले स्मरण साकोसले आर्थिक, सामाजिक, तथा सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । साथै उनले सहकारी नियमावली २०७५ ले सहकारी संस्थाहरुलाई संचालन गर्न पु¥याएको केहि अप्ठ्यारा बुँदाहरुको बारेमा पनि सहकारीकर्मीहरुलाई प्रष्ट पारिदिएका थिए ।
उक्त साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारी पुरुस्कार २०७६ बाट संस्थाका व्यवस्थापक निर्मल प्रसाद हुमागाईलाई दोसल्ला ओडाएर प्रसंशापत्र सहित सम्मान गरिएको थियो ।
संस्थाले उक्त सभाको अवसर पारेर ठाकुर प्रसाद त्रिपाठीको अध्यक्षता नयाँ कार्यसमिति समेत चयन गरेको थियो ।
अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्था सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

Leave a Reply