राधाकृष्ण साकोस र उसको भकुण्डेवेंसी सेवाकेन्द्रको १२औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेवेंसीमा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. , को सदस्य सेवाकेन्द्र को १२औं क्षेत्रीय  बार्षिक साधारणसभा  नमोबुद्व नगरपालिकाका मेयर  टंकप्रसाद शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा सो संस्थाका अध्यक्ष नरेशराज कायस्थको अध्यक्षतामा यही भदौ २उ१ ग ते भकुण्डेवेंसीमा सम्पन्न भयो ।

सो अवसरमा उक्त सेवा केन्द्रको वार्षिक प्रतिवेदन सदस्यहरु बीच छलफल गरी पारित गरिएको थियो । त्यस अवसरमा सो सेवाकेन्द्रका उत्कृष्ट बाल बचतकर्ता रोजित श्रेष्ठ , उत्कृष्ट नारी बचतकर्ता  कान्छी तामाङ , उत्कृष्ट बचत कर्ता यज्ञबाहादुर कार्की , उत्कृष्ट ऋणी लग्नी तामाङ र उत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुका साथै त्यस संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने उक्त संस्थाका सल्लाहकार तथा शुभचिन्तकहरूलाई उक्त साधारणसभाका अध्यक्ष कायस्थले सम्मान गरी मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस साधारणसभामा   जिल्ला सहकारी संघ लि. , काभ्रेपलान्चोकका कार्यलय प्रमुख ज्ञानमणि न्याैपाने , युवा समाजसेवी भेषराज , नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक गंगा पन्त विशेष अतिथि हुनुहुन्थ्यो  ।

यसैगरी सोही दिन राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. को १२औं बार्षिक साधारणसभा बनेपा नगरपालिक का वरिष्ठ राजश्व अधिकृत ध्रुवराज नेपालको प्रमुख आतिथ्यता र  उक्त संस्थाका अध्यक्ष नरेशराज कायस्थको अध्यक्षतामा  बनेपामा सम्पन्न भयो । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि का कोषाध्यक्ष जितेन्द्र नकर्मी , बनेपा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद कायस्थ र जन सम्पर्क अधिकृत जुजुभाइ शुध्दकार तथा सोही नगरपालिका वडा न ५ का वडा अध्यक्ष बलराम अधिकारी , सुमेरु बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिवराम श्रेष्ठ , चेष्टा साप्ताहिक पत्रिकाका प्रतिनिधि  लक्ष्मण तिमल्सिना , काभ्रे टाइम्स पत्रिकाका प्रतिनिधिको आथित्यमा भव्य रुपमा सम्पन्न उक्त साधारणसभामा सो संस्थाका उत्कृष्ट बाल बचतकर्ता , उत्कृष्ट नारी बचतकर्ता , उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणी , उत्कृष्ट कर्मचारी तथा  विभिन्न ढंगबाट सो संस्थालाई सहयोग र सल्लाह प्रदान गर्ने शुभचिन्तकहरूलाई सम्मान गरी प्रोत्साहन स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

 

त्यस अवसरमा उक्त संस्थाका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।त्यस साधारणसभामा पेश भएका उक्त संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरिएको थियो ।

Leave a Reply