आफ्नो १०औँ स्थापना दिवसको अवसरमा तीर्थ साकोसले ग-यो टोल सरसफाई

तीर्थ बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १० औं स्थापना दिवसको अवसरमा यही भदौ २१ गते टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका , वडा नं ७ सँगको सहकार्यमा आयोजित सो टोल सरसफाई कार्यक्रममा सो सहकारी संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , विभिन्न उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु र शेयर सदस्यहरुकाा साथै उक्त वडाका पदाधिकारीहरु , कर्मचारीहरु , नेपाल प्रहरी , नगर प्रहरीहरु लगायतको सहभागिता रहेको थियो । सो सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दैै उक्त वडाका वडाअध्यक्ष शुद्धकुमार डंगोलले तीर्थ साकोसको अग्रसरतामा भएको यो सरसफाई कार्यक्रम उदाहरणीय भएकोले अन्य संघ /संस्थाहरुले पनि यस्तो सामाजिक कार्यमा जोड दिनुपर्ने आवश्यकता औल्ययाउनुभयो । त्यस अवसरमा संक्षिप्त मन्व्य व्यक्त गर्दै तीर्थ बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अनन्त श्रेष्ठले सहकारीको अन्तराष्ट्रिय सिद्धान्त मध्ये ७ औ सिद्धान्त समुदायप्रति चासो राख्ने र दीगो विकास लक्ष्यको ३ नं. स्वास्थ्य र १३ नं. जलवायु सम्बन्धी कार्यलाई मध्यनजर गरी यो टोल सरसफाई कार्यक्रम गरिएको र भावी दिनमा पनि यस्ता रचनात्मक सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने छ भन्नुभयो ।