नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवस आज संयुक्त रुपमा मनाउदै नेपाल कम्युनिष्ट पार्टी र नेकपा मार्क्सवादी(पुष्पलाल)

0 Shares

नेपाल कम्युनिष्ट पार्टी को ७० औँ स्थापना दिवस नेपाल कम्युनिष्ट पार्टी र नेकपा मार्क्सवादी(पुष्पलाल) ले सयुक्त रुपमा आज छन् ।  ती दुई कम्युनिष्ट पार्टीको संयुक्त  आयोजनामा आज दिउसो १२ बजे काठमाडौंको सिंहदरवारको पूर्वी गेट , अनामनगरस्थित इन्टरनेशनल मिडिया सेन्टरमा अन्तर्क्रिया हुने नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा कार्यालय सचिव रत्नप्रसाद जोशीले सहकारी सञ्जाललाई बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस अप्रिल २२ कि सेप्टेम्लर १५ लाई मनाउने भन्नेमा नेपालको कम्युनिष्ट आन्दोलनभित्र विवाद चलिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) , नेकपा(माले) ) लगायतका दलहरुले अप्रिल २२ मा स्थापना दिवस मनाउने गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी , नेकपा मार्क्सवादी (पुष्पलाल) लगायतका दल तथा समूहले सेप्टम्बर १५ मा स्थापना दिवस मनाउदै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल जीवित छउञ्जेल सेप्टेम्बर १५ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने गरेको तर क.पुष्पलालको निधनपछि बाँकी जीवित ३ जना संस्थापक सदस्यहरुले निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस अप्रिल २२ मा मनाउन थालेको नेपाल कम्युनिष्ट मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (मसाल) द्वारा सम्पादित तथा प्रकाशित ‘रातो तारा’ मा उल्लेख गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनले  पारित गरेको डकुमेण्ट तथा २०२५ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको अगुवाईमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले पनि सन् १९४९ सेप्टेम्वर १५ तारेकमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको डकुमेण्ट पारित गरेको तथा क.पुष्पलाल बाचुञ्जेल नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस सेप्टेम्बर १५ मा नै मनाउने चलन रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल बताउनु हुन्छ । यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) , नेकपा (माले) का नेताहरु भने सन् १९४९ अप्रिल २२ मा  पुष्पलाल , निरञ्जन गोविन्द बैद्य , नरबहादुर कर्मचार्य र नारायण विलाश जोशीले कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी गठन गरेकोले सोही दिनलाई पार्टी स्थापना दिवस मनाउने गरेको बताउने गरेका छन् ।

Leave a Reply