श्री बाराही साकोसको २०औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाले ग-यो शेयर सदस्यहरुलाई१५ प्रतिशत लाभांश वितरण

0 Shares

भक्तपुर नगरपालिका वडा नं. ४ ,भुलाँचामा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारण सभा यही भदौ २८ गते शनिवार  संस्थाका वयोबृद्ध सदस्य नं. ७११ का नारायणभक्त राजलवटको प्रमुख आतिथ्यता र

र सोही संस्थाका अध्यक्ष बलराम प्रजापतीको अध्यक्षतामा थापा पार्टी प्यालेस, सुर्यविनायक , भक्तपुरमा सम्पन्न भयो । सो साधारणसभालाई सम्बोधन गर्नु हुदै भक्तपुर नगरपालिकाका मेयर तथा नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापतीले सहकारी संस्थामा जम्मा भएको रकम सामूहिक हितमा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउदैं सदस्यहरुको गुनासोलाई सम्वोधन गरी संस्था अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले आत्मनिर्भर भएर बाँच्नेले स्वाभमानीपूर्वक जीवन निर्वाह गर्नसक्ने भएकाले सहकारीले सदस्यहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।भक्तपुर नगरपालिकाले पर्यटन क्षेत्रलाई अगाडि बढाउने लक्ष्य लिई विभिन्न भाषा र सीपमूलक तालिमहरु सञ्चालन गरिरहेको मेयर प्रजापतीको भनाई थियो । सरकारको पञ्चवर्षीय योजनाले निजी क्षेत्रलाई बढावा दिने काम गरेको भन्दै उहाँले निजीकरणको पक्ष लिनेहरु कम्युनिस्ट हुन नसक्ने धारण व्यक्त गर्नुभयो । सो अवसरमा  भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष कुमार चवालले व्याज धेरै दिने सहकारी संस्था भन्दा आर्थिक नियममा बस्ने तथा देश र जनताको सेवाभावले काम गर्ने सहकारी संस्थामा सदस्य भई कारोवार गर्नुपर्ने वताउनुभयो। त्यस अवसरमा नेफ्स्कूनका सञ्चालक सदस्य नानीकाजी शाक्य र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव जगनाथ प्रजापतीले सो संस्थाको प्रगतिको कामना व्यक्त गर्नु भएको थियो ।

उक्त साधारण सभामा संस्थाले संरक्षित पूँजी फिर्ता कोषमा रहेको रकम बाँडफाड तथा वितरण , संस्थाका सदस्य तथा सदस्य परिवारका छोराछोरीहरुलाई एस. ई ई. सम्मान , भक्तपुर जिल्लाको ४ वटा सरकारी विद्यालयका ८ जना विद्यार्थीहरुलाई बाराही छात्रबृति -२०७६ बाट सम्मान , उत्कृष्ट बचतकर्ता  र असल  ऋणी सम्मान , नियमित बचतकर्ता , नियमित वालबचत सम्मान , सदस्यता बृद्धि सदस्य सम्मान, शेयर पूँजी बृद्धि सदस्य सम्मान गर्नुका साथै सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरिएको थियो । 

Leave a Reply