कास्कूनको १७ औँ स्थापना दिवसमा ‘बचत तथा ऋण सहकारीहरुको संस्थागत विकासमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को १७ स्थापना दिवसको अवसरमा हिजो काठमाडौंमा ‘बचत तथा ऋण सहकारीहरुको संस्थागत विकासमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । नेफ्स्कूनको सहकार्यमा कास्कूनले आयोजना गरेको उक्त अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले विकास र समृद्धि जनस्तरबाटै शुरु गर्ने बर्तमान सरकारको योजना अनुरुप समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा सहकारीहरुको भूमिका महत्वपूर्ण बनाइनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले सहकारीले सबैभन्दा धेरै गरिव बस्ती पहिचान गरी गरिवी उन्मुलन गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो । नेफ्स्कूनका सञ्चालक सदस्य तथा कास्कूनका अध्यक्ष दीपक पनेरुको अध्यक्षतामा भएको।
सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका अध्यक्ष केशवप्रसाद बडाल , सोही महासंघकी उपाध्यक्ष तथा आई.सी.ए. ग्लोवल बोर्ड मेम्बर ओमदेवी मल्ल , राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.वी. उप्रेती , काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नमराज ढकाल लगायतले आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो । त्यस अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले ‘नेपालको बचत तथा ऋण अभियान र भावी कार्यदिशा सम्बन्धी र कास्कूनका व्यवस्थापक अरुण तिवारीले कास्कूनको भावी लक्षाय र योजना सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको थियो । कास्कूनका उपाध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा काठमाडौं महानगरपालिका सहित काठमाडौंका सबै नगरपालिकाका प्रतिनिधिहरु तथा विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुका प्रतिनिधिहरु सहभागिता रहेको थियो । त्यस अवसरमा कार्यक्रमका अध्यक्ष पनेरुले मन्त्री अर्याललाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।