प्रधानमन्त्री के.पी.शर्मा ओलीको हिजो पनि डाइलासिस गरियो

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हिजो तेस्रो पटक काठमाडौंको टोखा स्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा मृगौलाको डाइलासिस भएको र डाइलिसिस पछि हिजो नै उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किनु भएको उक्त अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । डाइलासिसपछि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
केही दिनदेखि उहाँको मृगौला प्रत्यारोपणको चर्चा चलिरहेको छ तर यसबारेमा के गर्ने भन्ने टुङ्गो भने लागिसकेको छैन ।