बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो भान्सामा प्याजको प्रयोग नर्गर्ने घोषणा

विदेशबाट आयात गरिदै आएको प्याजको मुल्य आकाशिएपछि वंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज नपाक्ने घोषणा गर्नु भएको छ । आफ्नो देशका नागरिकहरुलाई पनि आफ्नो देशमा उत्पादन नहुने भएकाले विदेशबाट आयातित प्याजको भान्सामा उपभोग नगर्न प्रेरित गर्ने उद्देश्यले उहाँले यो कदम चाल्नु भएको बताइएको छ । विपक्षी दलले प्याजको भाउ बढेको भन्दै आन्दोलनको तयारी गरी रहदा उहाँले चालेको यो कदमलाई अर्थपूर्ण रुपमा लिइएको देखिएको छ ।
छिमेकी देश भारतले बंगलादेशमा प्याज निर्यात बन्द गरेपछि वंगलादेशमा ३० टाकामा पाइने गरेको प्याजको मूल्य बढेर यतिबेला प्रति के.जी. २ सय ६० टाका प्रतिकिलोसम्म पुगेको समाचारमा उल्लेख छ ।
भारतले निर्यात बन्द गरेपछि वंगलादेशले यतिबेला चीन , म्यानमार, टर्की र इजिप्टबाट प्याज आयात गरिरहेको छ । हवाइजहाजबाट बंगलादेशमा प्याजको आयात गरिएको कारणले प्याजको मुल्य निकै महंगो हुन पुगेको जानकारहरुले बताएका छन् ।