देवश्री साकोस , सतुंगलको ७औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौंको चन्द्रागिरी नगरपालिका -११ , सतुंगलमा सञ्चालन भइरहेको देवश्री बचत तथा ऋण सहकारी संस्था लि. को ७औँ वार्षिक साधारणसभा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा २०७६ पुस ५ गते चन्द्रागिरी पार्टी प्यालेस , सतुंगलमा सम्पन्न भयो । प्रमुख अतिथि गिरीले उक्त साधारणसभाको उद्घाटन गर्दै यस देवश्री साकोसले बचत र ऋण कारोवारसँगै सामाजिक कार्य गर्नुका साथै प्रगति गरिरहेको देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले यो संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन उत्पादन र रोजगार बढाउने ढंगबाट कार्य गर्नु पर्नेमा जोड दिदै यस संस्थालाई आफूले सकेको सहयोग गर्ने बताउनुभयो । त्यस सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै चन्द्रागिरी नगरपालिका वडा नं.१० र ११ का वडा अध्यक्षद्वय गोपालकृष्ण महर्जन र हरिभक्त महर्जन , सोही नगरपालिकाका सहकारी शाखा प्रमुख रजश खड्का , प्रहरी निरीक्षक खेमराज राउत , राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देबेन्द्र प्रधान , चन्द्रागिरी नगर समन्वय समिति सदस्य राजभाइ महर्जन लगायतका वक्ताहरुले सो संस्थाले गरिरहेको प्रगतिप्रति खुशी प्रकट गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो ।
सो सभामा त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठले हाम्रो यस देवश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुप्रति उत्तरदायी भई सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरी संविधान , ऐन र नियमावलीको पालना गर्दै बचत र ऋण कारोवारसँगै सदस्यहरुको जीवनस्तर माथि उठाउउन सहयोग पुग्ने ढंगबाट सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले आफ्ना शेयर सदस्यहरुको माया र स्नेह तथा कर्मचारीहरुको मिहेनत र परिश्रमले गर्दा हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो ।
सोही संस्थाका सचिव नवीन श्रेष्ठले स्वागत मन्तव्य र पुरुषोत्तम सानुले सञ्चालन गर्नु भएको उक्त सभामा सोही संस्थाका कोषाध्यक्ष ईश्वर श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सागर श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु वीच छलफल भई त्यस साधारणसभाबाट पारित भएको प्रतिवेदनमा “आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थाको पुरुष ६०१ र महिला ५०६ जना गरी जम्मा १,१०७ जना शेयर सदस्य , शेयर पूँजी रु.१,४१,०५,३०० ,निक्षेप संकलन रु.५,४१,२१,००३/३५ , लगानी तर्फ रु.५,५३,८७,८०२/५० र नाफा रु.३०,२०,३१६/८३ रहेको र यस संस्थाले बचत तथा ऋण कारोवारका साथै टेलिफोन महसुल , मोवाइल शुल्क , ADSL इन्टरनेटको विलका साथै विद्युत महसुल भुक्तानी गरिएको छ र यस संस्थाले IME , PraBhu , Himal , western , City र samsara रेमिट्यान्स सेवाको साथै प्रभु लाइफ इन्सुरेन्स , नेशनल लाइफ इन्सुरेन्स र IME लाइफ इन्सुरेन्सको सेवा प्रदान गरेको छ । यस संस्थाले थप रेमिट्यान्स कम्पनीसँग कारोवारका लागि सम्झौता गर्ने , नि:शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गर्ने , सामाजिक कार्यमा निरन्तर क्रियाशील रहने , आर्थिक वर्ष २०७६/०७७ को मसान्तसम्ममा सदस्य संख्या २,००० पु-याउने लक्ष्यका साथ कार्य गरिएको ,निर्जीवन वीमा र जीवन वीमाको एजेन्टको रुपमा कार्य गर्ने , सेवा क्षेत्रको विस्तार गरी ठूलो जनसंख्याका वीचमा सहकारीलाई स्थापित गर्ने , कार्यक्षेत्र भित्र रहेका सहकारीहरु वीच एकीकरण गरी सम्पूर्ण वित्तीय समाधान गर्ने र बृहत सहकारी संस्था निमार्ण गर्ने” उल्लेख गरिएको छ ।
उक्त साधारणसभाको अवसरमा सोही स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सो संस्थाको आयोजनामा सम्पन्न त्यस रक्तदान कार्यक्रममा ४० जना रक्तदाताहरुले रक्तदान गरेको आयोजकको भनाई छ । त्यससभामा सोही संस्थाका असल ऋणी सदस्यहरु : सन्तोष खनाल ,अजय लोचन सुवेदी , राजन बराल ,अनमोल थापा र अनिल सिंखडा , उत्कृष्ट कर्मचारीहरु : सुजिता महर्जन ,विन्दु थापा ,अप्सरा थापा , लक्ष्मी श्रेष्ठ र लक्ष्मी थापा र सोही रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरु ; किरण श्रेष्ठ , आवद्ध के.सी. , जमुना श्रेष्ठ , नविन श्रेष्ठ , सृजना बस्नेत , सविना श्रेष्ठ ,केदार श्रेष्ठ , सर्मिला श्रेष्ठ , सुनेश सिग्देल , गणेशबहादुर थापा , मिलन श्रेष्ठ , ईश्वरी श्रेष्ठ , लेखराज कार्की ,ईश्वरीमाया श्रेष्ठ , कविन्द्र श्रेष्ठ , धर्म श्रेष्ठ , मैया खड्का , हरिकृष्ण श्रेष्ठ , जिकु खनाल , सन्तोष खनाल , राजन बराल र सागर श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी त्यस सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि गिरीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
,