मित्र सहकारीले शुरु ग-यो दक्षिणकाली नगरपालिकाका सहकारीहरु मध्ये कै पहिलो वेवसाईट सेवा

0 Shares

काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेल- खहरेमा रहेको मित्र बचत तथा ऋण सहकारी संस्था लि.को ८औं बार्षिक साधारणसभा प्रदेश नं.३ का प्रदेशसभा सदस्य पुकार महर्जनको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष सन्तोष क्षेत्रीको अध्यक्षतामा २०७६ पुस १२ गते टौदह ब्याङ्कव्येट , टौदहमा सम्पन्न भएको छ ।

सोे साधारणसभाको उद्घाटन एक समारोहका वीच प्रमुख अतिथि महर्जनले गर्नु भएको थियो । सो सभामा बाल्दै प्रमुख अतिथि महर्जले यस मित्र बचत तथा ऋण सहकारी संस्थाले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको प्रसंशा गर्नुभयो ।
उहाँले राज्यले सहकारीलाई तीनखम्बे अर्थनीतिको रुपमा परिभाषित गरेकाले प्रदेश नं.३ सरकारले पनि सहकारी संस्थाहरुलाई अप्ठ्यारो परेको अवस्थामा सक्तो सहयोग गर्दै जाने बताउनु भयो ।

सो सभाको विशिष्ट अतिथिहरुमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत , उप-मेयर बसन्ती डंगोल,सोही संस्थाका संस्थापक अध्यक्ष रामकुमार नगरकोटी तथा अतिथिहरुमा दक्षिणकाली सहकारी समन्वयन समितिका अध्यक्ष वीरेन्द्र बलामी, सहकारी सञ्जाल पत्रिकाका प्रकाशक कृष्णप्रसाद ढुंगेल, विद्यालयका शिक्षक, वडाका प्रतिनिधि एवं विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधिहरु हुनुहुन्थ्यो ।

उक्त सभामा दक्षिणकाली नगरपालिकाकी उप– मेयर डंगोलले सो संस्थाको ८ औं बार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै हालसम्म आईपुग्दा यो संस्थाले शेयरपूँजी, कारोबार र शेयर सदस्य संख्यामा उल्लेख्य मात्रमा बृद्धि गरेको देख्दा आफू हर्षित भएको बताउनुभयो । उहाँले यस मित्र सहकारीको यो साधारणसभामा सदस्यहरुको उपस्थिति पनि उल्लेख्य रहेको र दक्षिणकाली क्षेत्रमा सञ्चालित सहकारीहरु मध्ये यस संस्थाको प्रगति धरै अगडि बढिसकेको छ भन्नुभयो ।

संस्थाका कोषाध्यक्ष दिनेश नगरकोटीले आर्थिक प्रतिवेदन, बुद्ध नगरकोटीले लेखा सुपरिवेक्षण समतिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सविता कुईकेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संस्थाको आर्थिक बर्ष २०७५÷०७६ मा शेयरपुँजी ७१,६२,१००, बचत रकम ५,९६,२६,८४८÷२५, ऋण लगानी ५,२०,७९,४६२ रहेको उल्लेख गरिएको छ ।
उक्त बार्षिक साधारणसभामा त्यसै संस्थाका असल ऋणी,उत्कृष्ट बचतकर्ता सदस्य लगायतलाई सम्मान समेत गरिएको थियो ।
त्यस सभामा त्यसै संस्थाका अध्यक्ष क्षेत्रीले सो संस्थाको आर्थिक बर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्दै शुरुमा २५ जना शेयर सदस्यहरुले शुरुवात गरेको यस संस्थामा हालसम्म आईपुग्दा २,२९५ जना सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्न हाम्रो यस संस्था सफल भईसकेको जानकारी दिनुभयो । त्यसैगरी देश/ विदेशबाट आएको रकमलाई झिक्न र देश/विदेशमा रकम पठाउनको लागि विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सम्झौता गरी रेमिटेयान्स सेवा पनि सञ्चालन गरी सदस्यहरु लगायतलाई रेमिप्यान्स सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

मित्र बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई आफ्नो आर्थिक कारोबार लगायत संस्थाको सम्पूर्ण गतिविधिको जानकारी घरमै बसेर थाहा पाउन सक्ने गरी मित्र ग्रुप अन्तर्गत मित्र सहकारी संस्थाको नाममा रहेको वेवसाईट समेत सो सभाबाट सञ्चालनमा ल्याएको छ । सो वेवसाईटको उद्घाटन उक्त साधारणसभाका प्रमुख अतिथि महर्जनले गर्नु भएको थियो । सो संस्थाले सञ्चालनमा ल्याएको वेवसाईट दक्षिणकाली नगरपालिकाभित्र सञ्चालन भइरहेका सहकारी संस्थाहरु मध्ये कै पहिलो वेवसाईट रहेको जानकारी गराईएको छ ।

Leave a Reply